शैक्षिक संस्थाहरू राजनीतिक षडयन्त्रको अखडा भएको एमाले निकट प्राध्यापकहरूको अरोप
नेपालबहस संवाददाता
भदौ १८, २०७९ शनिबार २०:३३:३८
१८ भदौ, महोत्तरी । नेपाल प्रगतिशील प्राध्यापक संघमा आबद्ध प्राध्यापकहरूले मधेस प्रदेशको उच्चशिक्षामा अति राजनीतिकरण भएको आरोप लगाएका छन् । संघको दोश्रो प्रदेश सम्मेलनमा मधेश प्रदेशमा उच्चशिक्षा कार्यपत्र प्रस्तुत गर्दै शैक्षिक संस्थाहरू राजनैतिक षडयन्त्रका अखडाको रुपमा स्थापित भएको प्रति प्राध्यापकहरूले चिन्ता व्यक्त गरेका हुन् ।
हरेक क्याम्पसमा हुने राजनैतिक भागबन्डा र क्याम्पस सञ्चालनमा सग्लन व्यक्तिको गुण दोषको आधारमा नभई राजनैतिक आस्थाका आधारमा सहयोग गर्ने परिपाटीको विकास हुँदै गएको उनीहरूको भनाइ छ ।
विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार मधेश प्रदेशमा एक सय ३१ वटा क्याम्पस छन् । जसमध्ये सता वटा आंगिक क्याम्पस, समबन्धन प्राप्त ४२ वटा सामुदायिक क्याम्पस र ८२ वटा निजी छन् ।
प्राध्यापकहरूले मधेश प्रदेशमा नियमित पठनपाठन नहुने, शैक्षिक गुणस्तर खस्कदै गएकोप्रति चिन्ता व्यक्त गर्दै प्रदेश सरकारको उदासिनतालाई लिएर आपत्ति जनाएका छन् ।
उच्च शिक्षाको जिम्मेवारी प्रदेशलाई दिए पनि सुधारको लागि प्रदेश सरकारले देखाएको उदासिनता नै परिणामस्वरूप उच्च शिक्षाको स्तर खस्कदै गएको प्राध्यापकहरूको बुझाइ छ । सम्मेलनको आयोजना नेकपा एमाले निकट प्राध्यापक संघले गरेको हो ।
मधेश प्रदेशका १३१ वटा क्याम्पसमध्ये बारामा नौ वटा, धनुषामा २७ वटा, महोत्तरीमा १२ वटा, पर्सामा १५ वटा, रौतहटमा १६ वटा, सप्तरीमा २० वटा, सर्लाहीमा ११ वटा र सिरहामा १३ वटा क्याम्पस छन् ।
सम्मेलन उद्घाटनसत्रका प्रमुख अथिती नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर माहासेठले पनि प्राध्यापकहरूको चिन्ताप्रति ऐक्यबद्धता जनाए । मधेस प्रदेशको शिक्षामा अपेक्षित सुधार हुन नसकेको बताउँदै माहासेठले केही तत्वहरूले मधेशमा निक्कै षडयन्त्र गरेको आरोप लगाए ।
उनले मधेस प्रदेशको शिक्षा सुधारमा नेकपा एमालेले मिहिनेत गरेको बताउँदै ओली सरकारको पालामा मधेशमा निक्कै परिवर्तन भएको दावी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार