एमालेद्वारा निलम्बित प्रधानन्यायाधीश जबराको बचाऊ, गठबन्धन सरकारले बयान रोक्ने प्रयास गरिरहेको आरोप
नेपालबहस संवाददाता
भदौ १९, २०७९ आइतबार १८:३३:२८
१९ भदौ, कैलाली । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महाअभियोग सिफारिस समितिमा बयान दिइरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बचाउ गरेको छ । बयानका क्रममा जबराले पाँच दलीय गठबन्धनको जन्म र परमादेशको रहस्य खोल्दै गएको दावी एमालेको छ ।
एमालेले जबराले गठबन्धन सरकारबिरुद्धमा बयान दिइरहेकाले सरकारले उनको बयान रोक्ने प्रयास गरिहेको आरोप पनि लगाएको छ । महाअभियोग लगाउनुपर्ने कुनै कारण नएको र जबराले गठबन्धन सरकारकाबिरुद्धमा कदम चाल्ने सम्भावना देखेपछि हठात महाअभियोग लगाइएको एमालेको भनाइ छ । उसले जबरामाथिको महाअभियोग पुष्ठि नहुने दावी पनि गरेको छ ।
एमाले महसचिव शंकर पोखरेलले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बचाउ गर्दै उनीबिरुद्धको महाभियोग प्रस्तावमा छलफलका क्रममा बयान दिँदा जे कुरा बाहिर आएका छन्, त्यसले परमादेशको रहस्य खुल्दै गएको भन्दै सरकार उनको बयानबाट अतालिएर रोक्ने तरखरमा रहेको सूचना आफुले पाएको बताए ।
महासचिव पोखरेलले पाँचदलीय गठबन्धन देशको हितमा नरहेको दावीसमेत गरेका छन् । सुदूरपश्चिमका बैतडी, दार्चुला र डडेलधुरामा पार्टीका प्रशिक्षणलगायतका विभिन्न कार्यक्रम सकेर काठमाडौं फर्कने क्रममा आइतबार कैलालीको अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा उनले पाँचदलीय गठबन्धन कसरी जन्मिएको रहेछ र परमादेशको रहस्य के रहेछ भन्ने कुरा जबराको बयानले खुलाएको दाबी गरेका छन् ।
पोखरेलले देशको अर्थतन्त्रको एक वर्षअघि र अहिलेको अवस्थाका बारेमा चर्चा गर्दै गठबन्धन सरकारको एक वर्षको काम गराईबाट पनि यो गठबन्धन नेपाल राष्ट्र र नेपाली जनताको हितमा नरहेको बताए । उनले एमालेले मात्रै देशको आर्थिक विकास गर्न सक्ने र आगामी चुनावमा देश बनाउनकै लागि एमालेले सरकार बनाउने हैसियत लिएर आउने बताए ।
पोखरेलले भने,‘एमाले र यसका अध्यक्ष केपी ओलीले राष्ट्रियताका पक्षमा, नाकाबन्दी विफल बनाउन, चुच्चे नक्शा प्रकाशन, देशलाई जातीय राज्यमा विभाजन रोक्न निर्वाह गरेको भूमिका जस्ता देश र जनताको हितका कदमको प्रतिशोध लिन पाँचदलीय गठबन्धन जन्माइएको हो ।’
ओलीको कार्यकालमा फास्ट ट्रयाक सडक निर्माणको काम रोक्ने प्रयास भएको र त्यसमा आन्तरिक मात्र नभई वाह्य स्वार्थ रहेको तर त्यो चाहना एमालेको सरकारले पूरा हुन नदिएको दावी गर्दै विकास र समृद्धिको यात्राका क्रममा ठूला परियोजनाहरु अगाडि सारेको मन नपराएकाहरुले एमालेलाई सरकारबाट हटाउनका लागि पाँचदलीय गठबन्धनको जन्म भएको कुरा सबैले बुझ्नुपर्ने बताए ।
पोखरेलले जबराको बयान आफूहरुको पक्षमा नभएपछि पाँचदलीय गठबन्धनले बयान रोक्ने प्रयास गरेको आरोप लगाउँदै महाभियोग प्रस्ताव तत्कालै छलफलमा लैजानुपर्नेमा सभामुखले न्यूनतम मर्यादाको पनि ख्याल नगरी महिनौ रोकेर नयाँ नजिर बनाएको आरोप लगाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार