निजामति सेवा भ्रष्टाचारमूखी बन्दा सरकारी कार्यलयको सेवा नागारिकमैत्री भएनः प्रधानमन्त्री
नेपालबहस संवाददाता
भदौ १९, २०७९ आइतबार २०:५६:५०
१९ भदौ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामति सेवा भ्रष्टाचार र आर्थिक अनियमिततामा केन्द्रित हुँदा सरकारी कार्यलयहरूमा अझै पनि नागरिकमैत्री काम हुन नसकेको गुनासो गरेका छन् । उनले निजामति सेवाका क्षेत्र देखिएको यो बिकृतिलाई तत्काल सुधार गरी जनतालाई बिना कुनै झन्झट चुस्त रुपले सार्वजनिक सेवा प्रवाह गर्न मातहतका निकायलाई निर्देशनसमेत दिएका छन् ।
आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस एवं पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोक सेवा लडेर निजामती सेवामा प्रवेश गरेपछि भ्रष्टाचार गर्नै पर्ने मानसिकता विकसित भएको भन्दै यसलाई नियन्त्रण गर्न आवस्यक भइसकेको बताए ।
कर्मचारीलाई भ्रष्ट हुन नदिन र अनियमितता रोक्नका लागि सम्बन्धित निकायले थप सक्रियताका साथ काम गर्न आवश्यक रहको भन्दै प्रधानमन्त्री देउवाले निजामती कर्मचारीहरूले विभिन्न समयमा भएका आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको पनि स्मरण गरे ।
सरकारका कर्मचारीहरू कुनै राजनीतिक दल विशेष हुनु नहुने भन्दै कार्य सम्पादनमा कुनै पनि राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर आफ्नो भूमिका निभाउन पनि निजामती कर्मचारीहरूलाई देउवाले निर्देशन दिए ।
प्रधानमन्त्री देउवाले कोभिड १९ को महामारी, हालैको डेंगु रोगको प्रकोप, बाढी पहिरो लगायत प्राकृतिक विपद्को समयमा उद्धारमा लाग्न र पुनस्र्थापनाका लागि कर्मचारीहरूले सेवामा देखाएको दृढता प्रशंसनीय भएको बताए ।
उनले यसमै सन्तोष गरेर अघि बढ्नुपर्ने छुट नभएको भन्दै सरकारी कार्यलय अझै पनि सुस्त भएको नागरिकमैत्री हुन नसकेको बताए । यसमा तत्काल सुधार गरी जनतालाई बिना कुनै झन्झट चुस्त सार्वजनिक सेवा प्रवाह गर्न सबै विभागीय मन्त्री र सचिवजीहरूलाई पनि निर्देशन दिए ।
निजामती सेवामा भ्रष्टाचार अनियमितता हुन नदिन सबै सम्बन्धित निकायले थप सक्रियताका साथ काम गर्न आग्रह गर्दै देउवाले संघीय निजामती सेवा ऐन रुपान्तरित बनाएर चाँडै ल्याउने तयारीमा सरकार गम्भीर भएर लागिरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार