रुपन्देहीबाट एमालेका पौडेल र भट्टराई सर्वसम्मत, भुसाललाई घिमिरेको काउण्टर
नेपालबहस संवाददाता
भदौ १९, २०७९ आइतबार २२:४:२४
१९ भदौ, बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल रुपन्देही निर्वाचन–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसममत रुपमा सिफारिस भएका छन् । क्षेत्रीय कमिटीको बैठकले पौडेलको एकल नाम सिफारिस गरेको हो । क्षेत्र नम्बर ३ मा एमालेले नेता घनश्याम भुसाललाई वासुदेव घिमिरेले काउण्टर दिएका छन् ।
पौडेल २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनदेखि निरन्तर रुपमा यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । २०६४ सालको संविधानसभा निर्वाचनमा उनले काँग्रेसका नेता सूर्यप्रसाद प्रधानलाई हराएका थिए भने २०७० सालको निर्वाचनमा तत्कालिन माओवादी नेता डा. बाबुराम भट्टराईलाई पराजित गरेका थिए । यस्तै, गत आम निर्वाचनमा पौडेलले काँग्रेस नेता युवराज गिरीलाई २२ हजारभन्दा बढी मतान्तरले हराउँदै विजयी भएका थिए ।
एमाले क्षेत्रीय कमिटीले क्षेत्र नम्बर ५ बाट खिमलाल भट्टराईलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा सर्वसम्मत सिफारिस गरेको छ । उनी राष्ट्रिय सभाका सचेतक पनि हुन् । क्षेत्रीय कमिटीले उनको नाम मात्रै उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।
क्षेत्र नम्बर ३ मा एमालेले नेता घनश्याम भुसाल र वासुदेव घिमिरेको नाम सिफारिस गरेको छ । भुसाल स्थायी कमिटी सदस्य हुन् भने घिमिरे तिलोत्तमा नगरपालिकाका निवर्तमान मेयर हुन् । तिलोत्तमा नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाएको भन्दै यस क्षेत्रमा घिमिरेको लोकप्रियता बढ्दो देखिएको कार्यकर्ताहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार