इन्द्रजात्राको लिङ्गो हनुमानढोकामा
नेपालबहस संवाददाता
भदौ १९, २०७९ आइतबार २३:१४:८
१९ भदौ, काठमाडौं । यस वर्षको इन्द्रजात्राको लिङ्गो हनुमानढोका ल्याइएको गुठी संस्थान काठमाडौँ कार्यालयले जनाएको छ। इन्द्रजात्राका लागि काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालाको जंगलबाट नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतमा रुख काटी विधिअनुसार राजधानी ल्याउने गरिन्छ । राजधानी ल्याएर भाद्र शुक्ल अष्टमीका दिन लिङ्गोलाई हनुमानढोका भित्र्याउने परम्परा छ । लिङ्गो काटेर ल्याउने काममा मानन्धर समूहको सक्रियता रहने विधि पहिलेदेखि बसेको संस्थान काठमाडौँ शाखाका प्रमुख आनन्द कर्माचार्यले राससलाई जानकारी दिए ।
भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थान गर्ने परम्परा छ । यस दिनदेखि आठ दिनसम्म राजधानीमा विभिन्न कार्यक्रम गरी इन्द्रजात्रा पर्व मनाइन्छ । भाद्र शुक्ल चतुर्दशीका दिन कुमारी यात्रा शुरु हुन्छ । यो इन्द्रजात्राको मुख्य दिन हो । यस दिन उपत्यकामा सार्वजनिक बिदासमेत दिइने परम्परा छ ।
पहिलो दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने परम्परा छ । भाद्र शुक्ल पूर्णिमाका दन कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ। यसपछिका दिनमा क्रमशः विभिन्न टोलमा यात्रा गराई नानीचा यात्रापछि इन्द्रजात्राको रथ घुमाउने विधि पूरा हुने प्राचीन परम्परा छ । आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ । इन्द्रजात्रासँग सम्बन्धित तलेजु, भैरव, गणेश, कुमारीलगायत देवी देवताको पूजा आराधना एवं यात्रा गराई यो जात्रा आठ दिनसम्म भव्यरूपमा मनाउने परम्परा छ ।
यस जात्राको मुख्य दिन हनुमानढोका दरबारमा राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री, सभामुख, प्रधानन्यायधीश, राष्ट्रियसभाका अध्यक्षलगायत संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति रहने गरेको छ । यस वर्ष भदौ २२ गते इन्द्रध्वजोत्थान, २४ गते इन्द्रजात्राको मुख्य दिन र २९ गते इन्द्रध्वजपातन गरिने संस्थानले जनाएको छ । इन्द्रध्वजोत्थान वसन्तपुर दरबार क्षेत्रको कालभैरवअघि गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
पाथीभरामा विदेशी पर्यटकको चहलपहल बढ्यो
मंसिर १२, २०८१ बुधबार
पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार