नेतादेखि कार्यकर्तासम्मको पार्टी अदलबदलले दुब्लाउँदै नेपाल, मोटाउँदै ओली
नेपालबहस संवाददाता
भदौ २०, २०७९ सोमबार २१:५१:५७
२० भदौ, काठमाडौं । सत्ता गठबन्धको सीट बाँडफाँडमा ठूलो भाग खोजिरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचनको मिति नजिकिएसँगै एमालेबाट अलग हुँदा आफ्नो पक्षमा आएका नेता तथा कार्यकर्तालाई जोगाउन मुस्किल परेको छ । केही समय यतादेखि समाजवादी छाडेर एमालेमा जानेको लर्को नै लागेको छ ।
अध्यक्ष नेपाल गठबन्धनमा कांग्रेसलाई घुर्क्याउँदै आफ्नो पार्टी नेकपा एसले सम्मानजनक सीट पाउनुपर्ने दावी गरिरहेका छन् । सम्मानजनक सीट नपाए छुट्टै बाम गठबन्धन बनाएर चुनावमा जाने उनको घुर्की निरन्तर आइरहेको छ । तर, उनले आफ्नो पार्टीको हैसियत कहाँ पुग्दैछ र आफ्ना नेता तथा कार्यकर्ताहरु कसरी एमालेमा प्रवेश गरिहेका छन् भन्ने हेक्कासमेत राख्न भ्याएका छैनन् ।
अहिलेकै हिसाबमा नेकपा एसमा रहेका नेता तथा कार्यकर्ता एमालेमा जाने लहर चलिरहेमा निर्वाचन सम्ममा उनलाई निकै ठूलो धक्का लाग्ने देखिन्छ । सोमबार मात्रै गुल्मीमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी गुल्मीबीच पार्टी एकताको घोषणा भएको छ । घोषणामा एमालेका केन्द्रीय उपमहासचिव प्रदिप ज्ञवाली, सचिव गोकर्ण बिष्ट र नेकपा एसका जिल्ला इन्चार्ज गणेश खनाल र अध्यक्ष नरेश भण्डारीले एकतापत्रमा हस्ताक्षरसमेत गरेका छन् ।
नेकपा एसका खनाल र भण्डारीसहित युवासंघका केन्द्रीय सचिव हिमाल थापा, जिल्ला सचिवालय सदस्य मदन बिष्ट, मुसिकोट गाउँ कमिटी अध्यक्ष मदनदिप घिमिरेलगायतका एक दर्जन बढि नेता एमालेमै फर्किएका छन् । उनीहरुले गुल्मीबाट सुरु भएको अभियान देशभरी फैलाउने उद्घोषसमेत गरेका छन् ।
केहीदिन अघि मात्रै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री तारा लामा तामाङ, प्रदेश कमिटीका पूर्व अध्यक्ष विक्रम शाही र वेदकोटगढी नगरपालिकाका पूर्व नगरप्रमुख अशोक चन्दसहित सयौं नेता–कार्यकर्ता एमालेमै फर्किएका छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए ।
पार्टी फुटको औचित्य पुष्टि नभएको भन्दै नेकपा एस सर्लाहीका अधिकांश पदाधिकारी नेकपा एमालेमै फर्किएका छन् । जिल्लाका उपाध्यक्षसहितका पदाधिकारी एमालेमै फर्किएका हुन् । जिल्ला कमिटी उपाध्याक्ष देवेन्द्र राय, सचिव गोविन्द अधिकारी, उपसचिव लिलादेवी कोइराला, केन्द्रीय परिषद सदस्य रूप नारायण सिंह, प्रचार विभाग प्रमुख तथा हरिवन नगर कमिटी अध्यक्ष चूडामणि वाग्ले, ईश्वरपुर नगर कमिटीका अध्यक्ष मेन कुमार गौतम, हरिपुर नगर कमिटी अध्यक्ष चूडामणि धामीसहितका नेताहरु एमालेमै फर्केका हुन् ।
उता, बैतडीका सचिव हर्कबहादुर धानुक पनि एमालेमै फर्किएका छन् । पार्टी फुटेको बेला एकीकृत समाजवादीमा लागेका धानुक हाल आएर फेरी एमालेमै फर्किएका हुन् । धानुकलाई एमालेका प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी, बैतडी सह–इन्चार्ज लीलाधर भट्टलगायतले पार्टीमा प्रवेश गराएका थिए । केही दिन अघिबाट एकीकृत समाजवादीसंग असन्तुष्ट रहेका धानुक एमालेमै फर्किएपछि यसबाट नेकपा एसलाई ठूलो घाटा भएको बताइन्छ ।
यस्तै नेकपा एस कञ्चनपुर जिल्ला उपाध्यक्ष रवीन्द्र कुँवर पनि एमालेमा फर्किएका छन् । कुँवरलाई नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गरेका थिए । एमाले विभाजनपछि उनी नेकपा एसको जिल्ला उपाध्यक्ष बनेका थिए । उनीसँगै नेकपा एस छाडेर एमाले प्रवेश गर्ने अन्य नेताहरुलाई पनि एमालेले स्वागत गरिसकेको छ ।
यसरी आफ्नै पार्टीमा रहेका नेता तथा कार्यकर्तालाई थमथम्याउन नसकेका अध्यक्ष नेपाल गठबन्धनमा भने एक्लै लड्दा पनि २० भन्दा माथि सीटमा विजय हासिल गर्ने दावी गरिरहेका छन् । उनले कांग्रेस गएको निर्वाचनमा २३ सीटमा सीमित रहेकाले उसलाई ७० भन्दा बढी सीट दिननहुने तर्क गरिरहेका छन् । नेकपा माओवादीले भने नेकपा एसलाई १५ सीटभन्दा बढी दिन नहुने बताइरुहेको छ ।
एमाले अध्यक्ष ओलीले औपचारिक रुपमै नेकपा एसमा गएका नेता तथा कार्यकर्तालाई एमालेमा फर्कन आग्रह गरिहेका छन् । उनले माधव नेपाललाई लिएर पार्टी एकता भने नगर्ने तर, स्व्तन्त्र रुपमा एमालेमा आउन चाहनेलाई सम्मानजन रुपले स्वागत गरिने र उचित जिम्मेवारी दिने बताइरहेका छन् । यसले पनि अध्यक्ष नेपाललाई निर्वाचनसम्म पार्टी जोगाउनै मुस्किल पर्ने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार