सेञ्चुरी मिस टिन उपाधिका लागि २० किशोरीहरूबीच प्रतिस्पर्धा हुने
नेपालबहस संवाददाता
भदौ २०, २०७९ सोमबार २२:४२:२८
२० भदौ, काठमाडौं । सेञ्चुरी मिस टिन नेपालको १८औं संस्करणको ग्रान्ड फिनाले आगामी ९ असोजमा हुने भएको छ। काठमाडौं जेसिजले सन् २००२ देखि निरन्तर आयोजना गर्दै आएको मिस टिनको फाइनलमा २० जना प्रतिस्पर्धीहरूबीच उपाधि भिडन्त हुनेछ ।
आयोजक काठमाडौं जेसजिका अध्यक्ष अनुप सुनुवारका अनुसार किशोरीहरूको क्षमता अभिवृद्धि, सामाजिक एवं सांस्कृतिक वृत्तिविकास तथा महिला सशक्तीकरणको लक्ष्यसहित मिस टिन नेपालको आयोजना हुन लागेको हो । प्रतियोगिताबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सुनुवारले सेञ्चुरी मिस टिन नेपाल एक सौन्दर्य प्रतियोगिता मात्रै नभएर महिला सशक्तीकरणका पक्षमा पैरवी गर्ने मञ्चसमेत रहेको बताए ।
प्रतियोगिताको अडिसन राउन्डमा सहभागी ५० मध्ये २० जना ग्रान्ड फिनालेका लागि चुनिएका हुन् । प्रतियोगिताको मुख्य कोरियोग्राफरको भूमिका प्रिया रानी लामाले निर्वाह गर्नेछिन् । उनले प्रतियोगिताका सहभागीलाई राम्री बन्न र बोल्न मात्रै प्रोत्साहन नगरिने भन्दै एक जिम्मेवार नागरिकका रूपमा सहभागिहरूको क्षमता विकास गराइने बताइन् ।
प्रतियोगिको ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्नेहरूमा विभुषा बस्नेत, अदिती श्रेष्ठ, कसक पौडेल, सुम्निमा पुरी, आर्या पोखरेल, सुस्जिता पौडेल, स्नेहा पौडेल, पूजा ओली, प्रतीक्षा डंगोल, पारिका भण्डारी, हर्षिता पन्त, विसुका कोइराला, निशा सोनी, सुस्मिता अधिकारी, रोशनी सुनवार, खुसी श्रेष्ठ, आरती गिरी, सञ्जु श्रेष्ठ र कुसुम भट्टराई छन् ।
प्रतियोगितामा सेञ्चुरी मिस टिन नेपाल २०२२ को मुख्य टाइटलसहित विभिन्न १२ सब टाइटल अवार्ड राखिएका छन् । १६ देखि १९ वर्षसम्मका किशोरीहरू प्रतिस्पर्धी रहेको मिस टिन नेपालको मुख्य प्रायोजकका रूपमा सेञ्चुरी रहेको छ भने एनआइसी एसिया बैंक बैंकिङ पाटर्नर रहेको छ ।
आयोजकका अनुसार मिस टिन २०२२ को भोटिङ पाटर्नरमा खल्ती, डिजिटल पाटर्नरमा केटिएम रुस, फुड पाटर्नरमा द बर्गर हाउस, फेसन पाटर्नरमा नमुना कलेज अफ फेसन टेक्नोलोजी, यचु बुटिक रनीर्तिज डिजाइन रहेका छन् । प्रतियोगिताका विजेताहरूलाई क्राउन, अवार्ड र ‘सी इज सक्सेस’ नाम सामाजिक परियोजनामा काम गर्नेलगायतका अवसर प्राप्त हुने आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार