लचिलो, बलियो र गुणस्तरीय मंगलम एचडिपीई पाइप बजारमा
नेपालबहस संवाददाता
भदौ २०, २०७९ मंगलबार ४:१७:२६
२० भदाै, काठमाडाैं । अहिलेको समयमा पाइप हाम्रो दैनिकीको महत्वपूर्ण पाटो बनिसकेको छ । ग्यास, पानी, र अन्य तरल पदार्थहरू एक ठाउँबाट अर्को ठाउँमा सुरक्षित रूपमा लैजानका लागि पाइपकै प्रयोग हुन्छ । उपयोग र कामको प्रकारको आधारमा बजारमा विभिन्न खालका पाइपहरू उपलब्ध छन् । ती मध्ये HDPE पाइप पनि एक हो ।
HDPE (हाई डेन्सिटी पोलिइथाईलीन पाइप) प्लास्टिक पोलिमरबाट बनाइने एक प्रकारको लचिलो एवम बलियो प्लास्टिक पाइप हो । यसै कारणले HDPE पाइप भूमिगत प्रयोजनमा, त्यसमा पनि सिँचाइ प्रणालीको लागि बढी प्रयोग गरिन्छ ।
पोर्टेबल र सजिलै जडान गर्न सकिने भएकाले यी पाइपहरु भूमिगत प्रयोगको लागि मात्र नभइ अन्य धेरै कामको लागि पनि प्रयोग गरिन्छ । रसायनसँग प्रतिकृया नगर्ने भएकोले ग्रामिण भेगमा पानीको पाइपको लागि पनि मङ्गलमको HDPE पाइप्स धेरै नै प्रयोगमा आउने गरेको छ ।
अन्य प्लास्टिकको पाइपहरुको तुलनामा बाहिरी तापक्रमले-८० डिग्री सेन्टिग्रेड सम्म) असर नगर्ने भएकोले अप्टिकल फाइबर बिछयाउनका लागि पनि यसको प्रयोग गर्न सकिन्छ । यसको साथै उच्च चाप सहन सक्ने भएकोले यी पाइपहरु ढल निकासको लागि पनि प्रयोग गरिन्छन् ।
HDPE पाइपहरु प्राय कालो रंगमा उपलब्ध हुन्छन् । प्रयोग अनुसार यी पाइपहरु विभिन्न आकार र मोटाईमा उपलब्ध छन् । उच्च गुणस्तरीय कच्चा पदार्थ र अत्याधुनिक प्रविधिको प्रयोग गरेर बनाइने हुनाले यो पाइप लामो समयसम्म टिक्छ । विभिन्न पोलीईथाईलिन फिटिंग सिस्टममा उपलब्ध यी पाइपहरुको जडान प्रकृया अत्यन्तै सजिलोे हुनुको साथै चुहावटको समस्या पनि हुँदैन ।
नेपालमा गुणस्तरीय ज्म्एभ् उत्पादन र वितरण गर्ने कम्पनीहरु मध्येमा मंगलम पाईप उपभोक्ता माझ सर्वाधिक रुचाइने पाईप हो । अन्तराष्ट्रिय स्थरको प्लान्ट, जर्मन टेक्नोलोजी र जापानी कच्चा पदार्थ प्रयोग गरि उत्पादन गरिने HDPE पाईप संग-संगै मंगलम पाईप्सले अरु थुप्रै प्रयोजनको लागि हुने गरि ८ ओटा फरक फरक पाईपहरु उत्पादन गरि उपभोक्ताको माग पुरा गर्दै आएको छ ।
गुणस्तर र विशेषता भएकोले नेपालका धेरै प्रतिष्ठित सरकारी र निजी परियोजनाहरूमा अधिकांश रुपमा मंगलमका पाइपहरू प्रयोग भएको पाइन्छ । केहि समय अघि मात्र पाल्पाको खानेपानी विभागले पनि आफ्नो परियोजनाको ठूलो मात्रामा मंगलमको HDPE पाइप प्रयोग गरेको थियो ।
अरु पाइपहरुको तुलनामा गुणस्तरीय, टिकाउ, वातावरण मैत्री र सुपथ मुल्यमा पाउने हुँदा बजारमा यसको आफ्नो छुट्टै स्थान रहेको छ । मंगलमको HDPE पाइपहरू ISO ९००१ः२०१५ साथ साथै नेपाल गुणस्तर (एनएस) प्रमाणित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार