घनश्याम भूसाललाई एउटा मात्रै क्षेत्रबाट सिफारिस गराउन जिल्ला नेतृत्वलाई ओलीको दवाव
नेपालबहस संवाददाता
भदौ २१, २०७९ मंगलबार १५:४९:४३
२१ भदौ, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भूसालको नाम आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देहीका दुई वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएपछि त्यसलाई सच्याउन जिल्ला नेतृत्वलाई दवाव परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले जिल्लालाई दवाव दिएको नेताहरुको भनाइ छ ।
जिल्लाको क्षेत्र नम्बर १ र ३ बाट भुसालको नाम क्षेत्रीय कमिटीबाट सिफारिस भई जिल्ला कमिटीमा पुगेको छ । भूसालको घर क्षेत्र नं. १ मा पर्ने भए पनि उनी क्षेत्र नम्बर ३ बाट पनि सिफारिसमा परेका थिए । उनलई एक क्षेत्रबाट मात्रै सिफरिस गर्न पार्टी अध्यक्ष ओलीको दवाव गएको छ । क्षेत्र नम्बर ३ बाट भूसालसँगै स्थानीय नेताहरु बासुदेव घिमिरे, दुर्गा भुसाल र पूर्वसांसद यज्ञजित शाहको नाम सिफारिस भएको छ ।
अघिल्लो चुनावमा क्षेत्र नम्बर ३ बाट टिकट पाएका भूसालले तत्कालीन स्वास्थ्यमन्त्री एवम् राप्रपाका नेता दीपक बोहोरालाई हराएका थिए । जिल्लाका केही नेताहरुले भूसालको नाम फेरि पनि क्षेत्र नम्बर ३ बाट मात्रै सिफारिस गर्ने गरि छलफल अगाडि बढाएपछि विवाद भएको भएको थियो । गृहक्षेत्रका स्थानीय नेता–कार्यकर्ताहरूले भूसाललाई १ नम्बर क्षेत्रमै उठाउनुपर्ने अडान लिएर केन्द्रमा गुनासो राखेपनि ओलीले जिल्लालाई दवाव दिएको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार