गठबन्धनमा कांग्रेसलाई ८० सीट दिने र बाँकी अरुले लिएर मिलाउने प्रयास भइरहेको छः प्रचण्ड
नेपालबहस संवाददाता
भदौ २१, २०७९ मंगलबार १७:२२:४७
२१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेसलाई ८० सीट दिएर बाँकिरहेका सीट अरु दलले लिएर मिलाउने प्रयास भइरहेको बताएका छन् । उनले नेकपा माओवादीले ६० सीट दावी गरेको र यसैको वरपर सहमति हुँने बताएका छन् ।
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी कैलालीमा पार्टी कार्यक्रमका लागि पुगेका प्रचण्डले मंगलबार विमानस्थलमा पत्रकारहरुसँग कुरागर्दै आज साँझसम्म कार्यदल स्तरबाट सहमतिको प्रयास हुने र बुधबार शीर्ष नेताहरूको बैठकबाट टुंगो लगाइने बताए ।
उनले कांग्रेसले १०० सीट मागिरहेपनि ८० सीटको वरिपरी आउने सम्भावना देखिएको भन्दै माओवादीले ६० भनेको र यसको वरिपरी मिलाउने प्रयासमा गठबन्धनका नेताहरु रहेको बताए । एकीकृत समाजवादी २५ र जसपा २५ दाबी गरिराखेको भन्दै प्रचण्डले यसैलाई आधार बनाएर सबै पार्टीका प्रतिनिधि बसेर प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रसम्म टुंगो लगाउने दावी गरे ।
मिलेको जति मिलाउने र त्यसपछि शीर्ष तहमा बसेर टुंगो लगाउने कुरा भइरहेको उनको भनाइ छ । संघीय र प्रदेशका सबै निर्वाचन क्षेत्रको टुंगो शीर्ष तहबाट नै लगाउने गरी काम भइरहेको उनले जानकारी दिए । प्रचण्डले गठबन्धनमा सिटसंख्या क्षेत्र र प्रदेश एकैपटक टुंग्याउने भनेर सबै पार्टीका प्रतिनिधिलाई आज बेलुकासम्मको समय दिइएको बताए ।
भोलि बुधबार शीर्ष नेताहरूको बैठकबाट टुंगो लगाउने कुरा भएको भन्दै उनले सबै पार्टीले गरेका दाबी सुन्ने र पछि शीर्ष तहबाट टुंगो लगाउने गरी काम भइरहेको जानकार दिए । कांग्रेसमा शेखर कोइराला पक्षले १०० सिट आफ्नो पार्टीलाई हुनुपर्ने माग गरेको पनि उनले बताए ।
स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र आगामी मंसिर ४ का लागि तोकिएको संघ र प्रदेश निर्वाचन पनि सम्पन्न गर्नुपर्ने दाहालको भनाइ थियो । ’गतवर्ष संविधान मिचिने, च्यातिने हो कि भन्ने खतरा थियो । यो निर्वाचन सम्पन्न भएपछि त्यो खतरा नेपालबाट टरेर जान्छ,’ उनले भने ।
त्यस्तै, प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल मनोनयनको अघिल्लो दिनसम्म रहने कुरामा सरकार र सत्तारुढ गठबन्धन स्पष्ट रहेको दाहालको भनाइ थियो । प्रतिनिधिसभामा संसद्को कार्यकाल लम्ब्याउने व्यवस्थासहितको कानुन संशोधन विधेयक ल्याएकोमा दाहालले त्यसो नगरिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार