सीट बाँडफाँड मिलाउन नसक्दा शीर्ष नेता र गठबन्धनकै भविश्यमाथि प्रश्न उठेको छः माधव नेपाल
नेपालबहस संवाददाता
भदौ २१, २०७९ मंगलबार २०:५३:३५
२१ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सीट बाँडफाँडमा सहमति जुटाउन नसक्दा दलका शीर्ष नेता र सत्ता गठबन्धनकै विवषयमा प्रश्नचिन्ह खडाभएको बताएका छन् । उनले लगातारको छलफल निररर्थक भइरहेको बताए ।
पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा मंगलबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै नेपालले लामो समयदेखि सत्तारुढ गठबन्धन भित्र प्रदेशसभा र प्रतिनिधिसभाको सीट बाँडफाँटका विषयमा लगातार छलफल हुँदै आएपनि झनझन थप पेचिलो बन्दै गएकाले गठबन्धनको भश्यिमा प्रश्नचिन्ह उठेको बताए ।
उनले देशमा आमुल परिवर्तन ल्याउन कस्स्एिका दलहरुले सामान्य सीट संख्याको भागबण्डा गर्न समेत नसकेको सन्देश जनतामा गएको दावी गरे । अध्यक्ष नेपालले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबीच सहमति भए पनि सिट बाँडफाँडको विषय सम्भव हुन्छ कि हुँदैन भन्न एकिन हुननसकेको बताए ।
उनले आफ्नो पार्टीले त्यसलाई सम्भव बनाएर अघि बढ्न चाहिरहेको बताउँदै अध्यक्ष नेपालले आगामी चुनावमा आफ्नो पार्टीका उम्मेदवारहरुलाई जिताउने गरी संगठन परिचालनको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । त्यसका लागि पार्टीको हैसियत र सामथ्र्य बढावाका लागि पार्टीका सबै नेता तथा कार्यकर्ता परिचालित हुनुपर्नेमा जोड दिए ।
उनले चुनावलाई लक्षित गरेर बस्तीबस्तीमा पुगेर संगठन निर्माण र परिचालनको काममा खटिन पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराउँदै काठमाडौं र सदरमुकाममा नबसी गाउँ पुगेर प्रचारमा लाग्नुपर्ने बताए । नेपालले दलित समुदायमाथि अपहेलना गर्नेहरुलाई पार्टीको सदस्यता नदिने चेतावनीसमेत दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार