मुख्य विषयमा प्रवेश नगरीकनै सकियो भारतीय सेनाध्यक्ष र प्रधानमन्त्रीबीचको भेटवार्ता, अग्निपथबारे न पाण्डे बोले न देउवा
नेपालबहस संवाददाता
भदौ २१, २०७९ मंगलबार २३:४८:३६
२१ भदौ, काठमाडौं । विवादास्पद चर्चामा रहेको अग्निपथ योजनाका बारेमा विषय प्रवेश नगरीकनै भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे र प्रधानमन्त्री शेरबहादुर देउवाबीचको भेटवार्ता सकिएको छ । पाण्डे प्रधानमन्त्री दृउवालार्य भेट्न अपरान्ह सिंहदरवार पुगेका थिए ।
भेटका क्रममा भारतीय सेनाले अघि सारेको अग्निपथ योजनाबारे कुनैपनि छलफल नभएको बताइएको छ । भारतीय सेनाले चार वर्षका लागि सैनिक भर्ना गर्ने गरी अग्निपथ योजना अघि सारेको थियो । नेपाल र भारतबीच विवादमै रहेको यो विषयमा सम्बन्धित देशका सोनाध्यक्ष र प्रधानमन्धत्रीबीच भेट हुँदा पनि छलफल भने हुन सकेन् । नेपाली गोर्खा सैनिकको भर्ना पनि यही प्रक्रिया अनुरुप हुने भारतीय विदेश मन्त्रालयले यसअघि नै जनाइसकेको छ ।
नेपालले यस विषयमा लिखितरुपमा जानकारी माग्दै तत्काललाई अग्निपथ योजना अनुसार नेपाली युवाको भर्तीलाई रोकेको छ । यो पृष्ठभूमिमा प्रधानमन्त्री देउवा र भारतीय सेनाका प्रमुखको भेटमा अग्निपथ योजनाबारे कुराकानी हुने र सहज निकास निकाल्ने अनुमान गरिएको थियो ।
प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीले भेटका क्रममा अग्निपथबारे कुनै कुराकानी नभएको नेपालबहसलाई जानकारी दिए । उनले अग्निपथ योजनालाई राजनीतिक र कुटनीतिक तहबाटै छलफल गरी टुंगोमा पुर्याउने भनिएकाले भेटका क्रममा विषय प्रवेह नै नभएको बताए । सामान्य शिष्टाचार भेटका लागि मात्रै समय तय भएकाले अग्निपथबारे कुराकानी नभएको सुवेदीको भनाइ छ ।
सुवेदीका अनुसार भेटमा प्रधानमन्त्री देउवाले नेपाल र भारतबीच सैन्यरुपमा संसारकै फरक सम्बन्ध रहेको बताएका थिए । एकअर्काको देशमा मानार्थ महारथिको सम्मान दिने परम्परा रहेको, नेपाल र भारतको सेनाबीच फरक सम्बन्धसमेत कायम रहेको भन्दै देउवाले जनरल पाण्डेलाई मानार्थ महारथीको सम्मान प्राप्त गरेकोमा बधाई समेत दिए । पाण्डे पाँच दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए ।
सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धिपछि पहिलो पटक घोषितरुपमा भारतीय सेनाको गोर्खा रेजिमेन्टमा नेपाली युवाको भर्ती अहिले रोकिएको छ । भारतीय सेनाको अग्निपथ योजनाबारे जवाफ माग्दै तत्कालका लागि नेपाल सरकारले भर्ना प्रक्रिया स्थगित गराएको छ ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई बोलाएर अग्निपथबारे भारत सरकारको लिखित जानकारी मागेका थिए । उनले अग्निवीरको भर्ती योजना त्रिपक्षीय सन्धि अनुसार हुन्छ कि हुँदैन भनेर जानकारीसमेत मागेका थिए ।
सन् १९४७ को सन्धि अनुसार नेपाली युवाले भारतीय सेना पूर्णकालीनरुपमा भर्ना हुन पाउनुपर्ने हो । तर अग्निपथ योजना अनुसार १७ देखि २३ वर्षसम्मका युवा अग्निवीरका रुपमा चार वर्षका लागि भर्ना गर्ने भारतीय पक्षको भनाई आएको थियो । सैनिक तलब भत्तामा जाने आर्थिक भार कटौतीका लागि भन्दै भारतीय सेनाले ल्याएको यो योजना अनुसार काम गर्ने अग्निवीरले चार वर्षपछि भारु १२ लाख रुपैयाँ पाउने र स्वास्थ्य, उपचार वा पेन्सन सुविधा नपाउने भनिएको थियो ।
यसरी चार वर्षका लागि भर्ती हुँदा भविष्य सुरक्षित नहुने भन्दै भारतमा पनि अग्निपथ योजनाको व्यापक विरोध भइरहेको छ । चार वर्षे योजनाले युवाको भविष्य सुरक्षित नहुने भएकाले भारतमा यसको विरोध भइरहेको हो । यता, नयाँ दिल्लीस्थित भारतीय विदेश मन्त्रालयले अग्निपथ योजना अनुसार नै गोर्खा सैनिकको भर्ती हुने बताइसकेको छ ।
यो योजना अनुसार भर्ती हुँदा नेपाली युवाले भारतीय सेनामा पूर्णकालीन अवसर पाउने सुनिश्चितता छैन् । त्यही कारण नेपाली युवाको भर्ती १९४७ को सन्धि अनुसार हुने हो होइन भन्ने विषयमा भारतको लिखित जवाफ मागिएको परराष्ट्र मन्त्रालयको भनाइ छ । यसले अग्निवीरको भर्ती स्थगनले गोर्खा रेजिमेन्टमा नेपाली सैनिकको भर्नालाई पनि असर गर्न सक्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार