संकटमा परेको मनाङको गंगापूर्ण हिमताल जोगाइँदै
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बुधबार १७:७:५९
२२ भदौ, लमजुङ । गंगापूर्ण ताल जोगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले र मनाङ ङिस्याङ गाउँपालिकाले संरचना निर्माण कार्य अघि बढाएका छन् । चार करोड आठ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा जलजला-शिवशक्ति-अधिकारी जेभीले टेन्डरमार्फत भ्याटसहित दुई करोड ९५ लाख रुपैयाँमा संरक्षण कार्य अघि बढाएको छ । यसमा मन्त्रालयको ७० र गाउँपालिकाको ३० प्रतिशत बजेट हुनेछ ।
मनाङ ङिस्याङ गाउँपालिकाका सबइन्जिनियर योगेश काफ्लेका अनुसार ताल जोगाउन कुनापट्टिको ४० मिटरको दुई लेयरको चेकड्याम बनाइएको छ । बगरमा परिणत भएको तालबाट हिलो झिक्ने काम भइरहेको छ । तालको छेउमा साढे ३ मिटर उचाइ र एक सय ९३ मिटरको माटोको बाँध बनाइने छ । त्यसको बाहिर ढलान गरिनेछ । देखिने भागमा राम्रो देखिने ढुंगा छाप्ने कार्य गरिनेछ । त्यसमाथि रेलिङसहितको फुटपाथ बनाइने उनले बताए ।
निर्माण कम्पनीले २०७८ असोज पहिलो साता सम्झौता गरेर काम अघि बढाएको छ । १५ महिनामा काम सक्ने भने पनि यसको भौतिक प्रगति भने २० प्रतिशत मात्रै भएको सबइन्जिनियर काफ्लेले बताए । उनका अनुसार मंसिर मसान्तसम्म सम्झौताको म्याद छ ।
करिब २१ दशमलव ०८ हेक्टर क्षेत्रफलमा फैलिएको अनुमान गरिएको उक्त ताल हिमपात नहुँदा नीलो, वर्षायाममा सेतो र हिउँदमा जमेको देखिन्छ । दुई वर्ष मनाङको स्थानीय विकास अधिकारी भएर बसेका कृष्णप्रसाद धितालका अनुसार सन् १९६० आसपास गंगापूर्ण ताल बनेको अध्ययन अनुसन्धानबाट देखिएको हो ।
उनका अनुसार टोनी हेगनले सन् १९५२(५४ तिर भ्रमण गर्दा उक्त स्थनमा ताल थिएन भनिन्छ । ताल बनेको साढे ६ दशक पनि नपुग्दै यो ताल अहिले संकटमा परेको छ । चक्रीय अन्नपूर्ण पदमार्गको एउटा गन्तव्य माथिल्लो मनाङमा पर्ने उक्त गंगापूर्ण हिमताल समुद्री सतहदेखि ३५४० मिटर उचाइमा अवस्थित मनाङ ङिस्याङ गाउँपालिका–६ मा पर्छ । यो हिमपात गंगापूर्ण हिमाल, अन्नपूर्ण चौथो, खाङसार हिमक्षेत्रबाट बगेको हिमनदीले बनेको हो ।
यही हिमतालमा डेढ वर्षअघि अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडालगायत अभिनित बलिउड फिल्म ‘उचाइ’ को समेत छायांकन गरिएको थियो । तर अहिले तालको सुन्दरता पहिले जस्तो छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार