हरिहर मन्दिरमा एक सय आठ गौमुखे धारा र शिवलिंग
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बुधबार १७:१८:५८
२२ भदौ, गण्डकी । पोखरा महानगरपालिका–१७ सीताघाटस्थित सदाशिव हरिहर मन्दिर परिसरमा एक सय आठ गौमुखे धारा र शिवलिंग निर्माण गरिएको छ ।
सो क्षेत्रमा धार्मिक पर्यटन प्रवर्धन गर्ने लक्ष्यका साथ उक्त धारासहित शिवशिंग निर्माण गरिएको हो । सीताघाटस्थित सेती नदी जल लिफ्टिङ प्रविधिमार्फत मन्दिर परिसरमा निर्मित ट्यांकीमा संकलन गरी आवश्यकता अनुसार गौमुखे धारामा वितरण गरी श्रद्धालु भक्तजनलाई जलधारामा स्नान गर्ने सुविधा पुग्ने छ ।
धाराको उपल्लो भागमा एक सय आठ शिवलिङ्ग निर्माणका लागि समेत तयारी गरिएको छ । पोखराको बीच भागबाट भूतिगतरुपमा बगेको सेती नदीमा स्नान गर्न दिनप्रतिदिन असुविधा पुग्दै गएको हुँदा भक्तजनको सुविधाका लागि धारा निर्माणसहित पानीको व्यवस्था गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र शर्मा भण्डारीले जानकारी दिए।
“धारा निर्माणसँगै सेती नदीको जलले स्नान गर्न तीव्र इच्छा भएर पनि शारीरिक अशक्ताका कारण नदीसम्म पुग्न नसक्ने भक्तजनको मनोकांक्षा पूरा हुनेछ”, उनले भने, “धार्मिक महत्व बोकेका संरचना निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि यस क्षेत्रको धार्मिक पर्यटक प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास छ ।”
रकमको अभावमा पनि दृढ संकल्पका साथ सुरु गरिएको अभियानमा ९० जना सहयोगी मनबाट रु १५ लाखभन्दा बढी रकम संकलन हुँदा त आँट म पुर्याउछु भन्ने उखान चरितार्थ भएको बताउँदै उनले भने, “आफ्ना पितृका नाममा एउटा धारा र शिवलिंग निर्माणका लागि प्रति व्यक्ति रु १५ हजार पाँच सय तोकिएको छ ।”
मन्दिर व्यवस्थापन समितिका सचिव हरिहर भण्डारीका अनुसार धारा विशेष दिन र पर्वमा सञ्चालन गरिने छ । उक्त विकास निर्माण सम्पन्न गर्न कूल रु चालीस लाख खर्च हुने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार