भदौ २४ गतेबाट पोखरामा ‘सुनकेशरी’ मञ्चन हुने
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बुधबार १७:५०:५०
२२ भदौ, गण्डकी । संस्कृतिविद् सत्यमोहन जोशीद्वारा लिखित नाटक ‘सुनकेशरी’ पोखरामा यही भदौ २४ गतेबाट मञ्चन हुने भएको छ । मण्डला थिएटर नेपालद्वारा सञ्चालित थिएटर ल्याब दशौँ ब्याचका प्रशिक्षार्थीको प्रस्तुतीमा तयार गरिएको नाटक पोखराको गैहपाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा असोज १ गतेसम्म मञ्चन गर्न लागिएको हो ।
हरेक दिन साँझ ५ बजे र शनिबार अतिरिक्त दिउँसो १ बजे नाटक मञ्चन हुने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । नाटकमा प्रीतिसा अधिकारी, कृष्ण चौधरी, परिक्षा लिम्बु, खगेन्द्र साउद, रिता सैंजु, सुवास गिरी, मिलन कार्की, सुजिता सिवाकोटी, बलबहादुर राई, सञ्जिबजंग क्षेत्री लगायततको अभिनय रहनेछ । प्रत्यक्ष सङ्गीतमा अंकित खड्का, सागर खाती, मिलन कार्की, सुदीप खतिवडा र विक्रम श्रेष्ठले साथ दिनेछन् । यो नाटकको परिकल्पना तथा निर्देशन राजन खतिवडाले गरेका छन् ।
पोखरा थिएटरको आयोजनामा मण्डला थिएटर नेपालले मञ्चन गर्न लागेको नाटकमा गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान र पोखरा महानगरपालिका वडा नं ४ को सहकार्य छ । सुनकेशरी कर्णाली प्रदेशको प्रचलित लोक कथामा आधारित नाटक हो । एक युवतीले आफ्नो सुन्दरताका कारण भोग्नुपरेका तितामिठा संघर्ष तथा अनुभवको कथालाई नाटकमा चित्रण गरिएको छ । लेखक जोशीले विं २०२७ मा कर्णालीमा सम्पन्न लोक संस्कृति सर्वेक्षणको क्रममा कथावस्तु संकलन गरेका हुन् । जनजिब्रोमा जीवन्त कथालाई नाटकीय रुप दिइएको हो ।
एक दशकअघि मण्डला थिएटरले राजन खतिवडाकै निर्देशनमा मञ्चन गरेको यो नाटक नेपालका साथै भारत र बंगलादेशमा पनि मञ्चन भइसकेको छ । पोखरा थिएटरका अध्यक्ष परिवर्तनले लोक कथामा आधारित नाटकले पोखरेली नाट्यप्रेमी दर्शकको माया पाउने दाबी गर्दै पोखरामा मञ्चन हुनु खुसीको कुरा भएको र सबै नाट्यप्रेमी हेरेर प्रतिक्रिया दिन आग्रह गरे ।
मण्डलाको इतिहाससँग जोडिएको नाटकले पोखरामा राम्रो साथ पाउने मण्डला नाटक समूह नेपालका अध्यक्ष सिर्जना सुब्बाले विश्वास व्यक्त गरे । यो नाटक आगामी कात्तिक १८ देखि मंसिर ४ गतेसम्म मण्डला नाटकघर काठमाडौँमा मञ्चन हुने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार