वेष्ट अमेरिकन म्युजिसीयन अफ दि इयरको अवार्ड सार्वजनिक
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बुधबार १९:२९:३७
२२ भदौ, काठमाडौं । सङ्गीतकार रोशन वान्तवा राईले ‘वेष्ट अमेरिकन म्युजिसीयन अफ दि इयर’ को अवार्ड प्राप्त गरेका छन् । मंगलबार राजधानीमा पत्रकार भेटघाटबीच उक्त अवार्ड सार्वजनिक तथा हस्तान्तरण गरिएको हो । विशिष्ट गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता रहेको पत्रकार भेटघाटमा सङ्गीतकार राईले अवार्ड आफूले कसरी प्राप्त गर्न सके भन्ने बारेमा जानकारी दिए ।
पत्रकारले सोधेको प्रश्नमा उनले अनलाइन प्रक्रियामार्फत आफू सो अवार्डको प्रक्रियामा सामेल भएको र प्राप्त गर्न सफल भएको बताएका थिए । उनले यस अवार्डले आफूमात्र नभएर देशलाई चिनाउने काम गरेको दाबी गरे ।
यसरी अवार्ड प्राप्त गरेर नेपालकै गौरव बढाएको भन्दै अतिथिहरूले उनलाई बधाई तथा शुभकामना दिएका थिए । वरिष्ठ कलाकार उत्तम केसीले रोशनले आफ्नोसँगै देशकै नाम रोशन गरेको बताउँदै उनले गीत सङ्गीतमार्फत गरेका कार्यको प्रशंसा गरे । ‘एउटा नेपाली सर्जकले अन्तर्राष्ट्रियस्तरमा आफ्ना सिर्जनामार्फत देशकै गौरव बढाउनु हामी सबैका लागि विशेष गौरवको कुरा हो, यस्ता कार्यले उहाँको मात्र नभएर देशकै मान सम्मान बढाउने गर्दछ’, उनले भने ।
यस्तै, कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले गीत सङ्गीतमार्फत कुनै एक नेपालीले अन्तर्राष्ट्रियस्तरको अवार्ड प्राप्त गरेको सम्पूर्ण नेपाली सङ्गीतकारलाई गौरवको विषय भएको भन्दै यसले गीत सङ्गीतमा लाग्ने सबै स्रष्ट्राको मान सम्मान बढाएको जिकिर गरे । उनले भने, ‘रोशनजीका कार्यले गीतसङ्गीत क्षेत्रमा लाग्ने सबै स्रष्टालाई गौरवान्ति तुल्याएको छ, उनी यसका लागि बधाईका पात्र हुन, नेपाली गीतसङ्गीत क्षेत्र अन्तर्राष्ट्रियस्तरमा सम्मानित हुनु आफैँमा धेरै ठूलो उपलब्धि हो ।’
त्यसैगरी प्रमुख अतिथि विशिष्ट गायिका राणाले नेपाली गीतसङ्गीत अब्बल रहेको र नेपाली स्रष्टा पनि विश्वमा अन्य स्रष्टाभन्दा कम नभएको रोशनका कार्यले पुष्टि गरेको बताए । उनले भने, ‘रोशनजीले नेपाली गीतसङ्गीतको रोशन गर्ने जुन कार्य गर्नुभयो त्यो आफैंमा अति प्रशंसनीय कार्य हो, यस्ता कार्यले अन्य स्रष्टामा थप उत्साह थप्ने कार्य गर्दछ’, उनले अगाडि भने, रोशनजीका कार्यको यस अवार्डले कदर गरेको छ, यसका लागि उनलाई बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।’ सञ्चारकर्मी गीता अधिकारीले सहजीकरण गरेको कार्यक्रममा साहित्य तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
पाँचथरको मिक्लाजुङ-५ मा स्थायी घर भई राजधानी काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना सिर्जनामार्फत् धेरैको मन जित्न सफल रोशनका ६ सयभन्दा बढी सिर्जना सार्वजनिक भएका छन् । नेपाली साङ्गीतिक क्षेत्रमा २२ वर्षदेखि उत्कृष्ट सिर्जना पस्किरहेका राईका गिटारको, पियानोको र कर्डहरू गरी ६ वटा किताबहरू पाठकमाझ आएका छन् ।
उनका ‘ढाका टोपी मैलो’, ‘शुभकामना तिमीलाई यो मनको’, ‘पुरानो भो भन्छन्’, ‘हरियाली वसन्तले’, ‘धरानै बजार’, ‘माइबेनीमा आँखा जुध्यो’, ‘डुबें डुबें’, ‘याद’, ‘गौतम बुद्ध’, ‘मलाई नै हो कि कल्लाई पो हो’ लगायत गीत लोकप्रिय रहेका छन् । सङ्गीत विद्यालय खोलेर गति सङ्गीतको श्रीवृद्धिमा निरन्तर लागिरहेका राईले आस्था बी, रूप विष्ट, नलिना चित्रकार, धीरज राईलगायत चर्चित कलाकारलाई संगीत प्रशिक्षण दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार