लमजुङमा पोखरी पुरिँदै, इतिहास मेटिँदै !
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बुधबार २०:५:२९
२२ भदौ, लमजुङ । कुनै बेला सञ्चारको विकास नहुँदा अगाडि हिँड्दै गरेको साथीले पछि आउँदै गरेको साथी भेट्न चौतारीमा कुरेर बस्ने प्रचलन समेत थियो । अहिले ती इतिहास बोकेका चौतारी, पोखरी र पँधेरा बिरानो हुँदै गएका छन् । वरपिपलका चौतारी अहिले विकासका नाममा उखेल्ने काम भएका छन् । एउटा संरचना निर्माण गर्दा अर्को संरचना भत्काउन नपाउने नियम छ । तर, यो नियम कहीँ पालना भएको छैन ।
भारी बोक्ने भरिया, बाटो हिँड्ने बटुवा, यात्रा गर्ने यात्रीको थकाई मार्ने साझा थलो हो चौतारी । बरपिपलको चौतारीमा बसेर थकित शरीरलाई विश्राम लिँदा छुट्टै आनन्द आउँथ्यो त्यो बेला । १०र१५ वर्ष अगाडि बाटोमा देखिने चिटिक्क परेका चौतारी अहिले एकादेशको कथा बन्न थालेका छन् । विकास निर्माणको गतिसँगै भौतिक विकासमा दौडिरहेको हाम्रो समाज यतिबेला त्यतै अल्मलिँदा पुराना संरचना भत्किँदै जान थालेका हुन् ।
यात्रु तथा वटुवा दिनभर हिँडेपछि थकाई लाग्दा चौतारीमा सुस्ताउँथे र साँझ गन्तव्यमा पुग्न नसक्दा पौवामा बास बस्दथे । यो कुरा आजका नयाँ पुस्तालाई कथा हुन पुगेको छ । आज ती चौतारी, पाटीपौवा झाँडीले भरिएका स्थानीय बेसीशहर– ८ निवासी बृखबहादुर पौडेलले बताए । बाटो आसपासका कुवा तथा पोखरी यतिबेला मोटरबाटोले पुरिएका छन् । पैदलयात्री हिँड्ने गाउँको गोरेटो बाटो सुनसानै भएका छन् । इतिहास बोकेका ती ढुङ्गेधारा आज देख्न मुस्किल परेको छ ।
पश्चिम लमजुङको जितामा ७ वटा ढुङ्गेधारा थिए । यही ढुङ्गेधाराबाटै त्यस आसपास क्षेत्रको नाम जिता सातधारे चर्चित बन्न पुगेको जिता सातधारे निवासी देवेन्द्र पौडेलले बताए । बाटो हिँड्दा पानी पर्दा घामले पोल्दा अनि कुनै गन्तव्यमा हिँडेका बटुवा साँझ पर्दा बास बस्ने ठाँटीमा कोही पुग्दैन, ती पुराना संरचना भत्किएका छन् ।
पहिला धर्म कर्म कमाउन भनी चौतारा बनाउने चलन थियो । चौतारा बनाएपछि त्यहाँ पोखरी पनि अनिवार्य बनाउनै पथ्र्यो र खानेपानीको धारा समेत राख्न चलन थियो । अहिले चौतारा कही कही भएपनि पोखरी भने भेटिँदैन । अहिले पाटीपौवा बन्न छाडेका छन्, विकासले फड्को मारेको हाम्रो समाजमा गाउँमा मोटरबाटो पुगेपछि हिलाम्मे भएका सडकमा यतिबेला गाडी गुडिरहेका छन् ।
हिलाम्मे बाटो भए पनि गाडीमा यात्रा गर्नुपर्ने गाउँलेको बाध्यता बनिसकेको छ । पछिल्लो समय गाउँगाउँमा पर्यटन प्रवर्द्धनको धारणा आए पनि स्थानीय तहबाट यस्ता ऐतिहासिक संरचना पुनःनिर्माणको चर्चा चलेको पाइएको छैन । ग्रामिण पर्यटनका लागि महत्वपूर्ण मानिने ढुङ्गेधारा, चौतारी, पाटी–पौवा, पोखरी नै हुन् । यिनको अभावमा गाउँ फिका सावित हुन्छ । पूर्वाधार विकासका नाममा सडक सञ्जालको विकासलाई नै मुख्य विकास मानिँदै आएको पाइन्छ । हाम्रा बाउबाजेले स्थापना गरेका सिम्पानीको ऐतिहासिक चौतारा छ ।
नजिकै पोखरी पनि थियो त्यहाँ त अर्कै संरचना बनिसकेको छ । फेरि पनि यी सङ्कटमा परेका संरचनाको पुनः निर्माण तथा जीर्णोद्वार गरेर संरक्षण गर्ने योजना बनाउन लागेका छौं भन्छ्न् मर्स्याङ्दी गाउँपालिका ९, सिम्पानीका अध्यक्ष हरिश्चन्द्र थापा । भलाम सेराको घुमाउने चौतारा, बेसीशहर मनाङे चौतारा, विदाइ चौतारा, सेरा चौतारा, इतिहास बोकेका चौतारा हुन् ।
आज यी इतिहास बोकेका संरचना सङ्कटमा परेका छन् । यिनको संरक्षणमा लाग्नुपर्ने देखिन्छ । वातावरणका दृष्टिकोणले पनि मानव सभ्यतासँग जोडिएका संरचना जोगाइ राख्नुपर्ने तपाईँ हामी सबैको दायित्व रहेको स्थानीय बृखबहादुर पौडेल बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार