विकट नार्पाभूमिमा निःशुल्क स्वास्थ्य शिविर
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बुधबार २०:२२:५०
२२ भदौ, मनाङ । मनाङ भौगोलिकरूपमा नै विकट क्षेत्र नार्पाभूमि क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । हालसम्म सडक संजालको पहुँचसमेत पुग्न नसकेको नार्पाभूमि क्षेत्रका स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गर्न पाँच दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
त्यस क्षेत्रका स्थानीयलाई आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथै नागरिक र नेपाली सेनाबीचको सहयोग र सहकार्यलाई सुमधुर बनाउन शिविर सञ्चालन गरिएको इन्द्र दल गुल्म मनाङका गुल्मपति मेजर दिनेश मल्लले जानकारी दिनुभयो । उनका अनुसार भौगोलिक विकटतामा बसोबास गर्दै आएका महिला, ज्येष्ठ नागरिक तथा बालबालिकाको स्वास्थ्यसम्बन्धी सचेतना फैलाउनसमेत शिविर उपलब्धिमूलक हुने छ ।
नार्पाभूमि गाउँपालिका–१ को नार, वडा नं ३ को च्याखु, वडा नं ५ को फुगाउँमा शिविर सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । इन्द्र दल गुल्म मध्य कमाण्ड अस्पताल पोखरा, स्वास्थ्य कार्यालय मनाङ, नार्पाभूमि गाउँपालिका कार्यपालिका, जिल्ला अस्पताल मनाङ, श्री ३ नं फिल्ड एम्बुलेन्स तनहुँ, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, जिल्ला सामुदायिक आँखा केन्द्रको साझेदारी तथा समन्वयमा स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । शिविरमार्फत स्थानीयवासीलाई विभिन्न स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने लक्ष्यसमेत रहेको मेजर मल्लले बताए ।
गुल्मका गुल्मपति मेजर मल्लसहित श्री ३ नं फिल्ड एम्बुलेन्स तनहुँका चिकित्सक अधिकृत २८ जना र जिल्लाका सम्बन्धित सरोकार निकायबाट नौ जना गरी ३७ चिकित्सक, फर्मासिस्ट, नेत्ररोग विशेषज्ञ टोलीले स्वास्थ्य सेवा प्रदान गरेका छन् ।
शिविरमा स्त्रीरोग, बाथरोग, आँखा, छाला, बहिरङ्ग सेवा, प्रयोगशाला सेवा प्रदान गरी चिकित्सक परामर्शसहित उपचार सेवा पुर्याउने उनले बताए । यो क्षेत्र चीनको तिब्बत नाकासँग जोडिएकाले यहाँ बाहै्रमास हिमपात हुने गर्दछ । जनचेतनाको अभावमा यस क्षेत्रका स्थानीयवासीले औषधिको रुपमा प्रायः जडीबुटी मात्रै उपभोग गर्ने भएकाले शिविरले जनचेतना फैलाउनसमेत उपयोगी हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार