सार्वजनिक मञ्चमै जनार्दन र प्रचण्डबीच घोचाघोच, हुर्काएर यहाँसम्म ल्याएको गुन नबिर्सन दाहालको शर्मालाई चेतावनी
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बुधबार २२:५६:१६
२२ भदौ, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता जनार्दन शर्माबीच सार्वजनिक मञ्चमै भनाभन भएको छ । पार्टीको महासचिव दावी गरिरहेका जनार्दन शर्मालाई अध्यक्ष प्रचण्डले उपमहासचिव पद दिएपछि यसै विषयलाई लिएर दुई नेताबीच घोचाघोच चलेको हो ।
अध्यक्ष प्रचण्ड र नेता शर्माबीच सार्वजनिक मञ्चमै देखिएको यस्तो व्यवहारले नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनपछि भएको पदाधिकारी चयनको विवादलाई छताछुल्ल बनाएको छ । अध्यक्ष प्रचण्डले दिएको उपमहासचिव पद शर्माले मञ्चबाटै अस्वीकार गरेका छन् । यसैक्रममा प्रचण्डले शर्मातर्फ इशारा गर्दै ‘तपाईं मैले नै हुर्काएको व्यक्ति हुँ भन्ने नबिर्सनु’ भन्दै चेतावनीसमेत दिएका छन् ।
बुधबार काठमाडौंमा अनेरास्ववियु क्रान्तिकारीको ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रममा जनार्दनले आफू उपमहासचिवका रूपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको भन्दै पद अस्वीकार गरेका थिए । प्रचण्ड उपस्थित मञ्चमै जनार्दनले आफू उपमहासचिवको हैसियतमा नभई कार्यकर्ताका रूपमा कार्यक्रममा आएको दोहोर्याएका थिए ।
यसअघि माओवादीमा जनार्दन र वर्षमान पुन दुवै महासचिवका दाबेदार थिए । तर, प्रचण्डले यही भदौ ४ गते देव गुरुङलाई महासचिव बनाएपछि शर्मा असन्तुष्ट बनेका थिए । प्रचण्डले जनार्दन र वर्षमानसहित गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, पम्फा भुसाल, शक्ति बस्नेत र मात्रिका यादवलाई उपमहासचिव तोकेका थिए । अध्यक्षले लिएको निर्णयमा त्यस बेलै फरक मत राखेका जनार्दनले कार्यक्रमको मञ्चबाटै उक्त पद आफुलाई अयोग्य भएको बताए ।
प्रचण्डतर्फ संकेत गर्दै शर्माले कार्यकताहरुलाई आफुले संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको जानकारी गराउन चाहन्छु भन्दै पार्टीमा ६ जना उपमहासचिव रहेको तर, आफुले उपमहासचिव पदको हैसियतमा सम्बोधन नगरेको बताए । माओवादी केन्द्रमा संगठन विभागको नेतृत्वमा महासचिव नै हुने प्रचलन छ । तर, उनले आफु नै संगठन विभागको प्रमुख भएको दावी गरे । शर्माले आफू अध्यक्ष प्रचण्डको सबैभन्दा कडा आलोचक र सबैभन्दा ठूलो रक्षक पनि भएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले आफूले पार्टीमा राम्रो उत्तराधिकारी तयार होऊन् भन्ने चाहेको बताउँदै नेताहरूको रक्षा गर्ने र हुर्काउन पनि आफूले नै मुख्य भूमिका खेलेको बताए । उनले जनार्दन शर्मालाई पनि आफुले नै हुर्काएर यहाँसम्म ल्याएको भन्दै शर्मालाई धरातल नभुल्न चेतावनी दिए । प्रचण्डले भने, ‘जनार्दनले जाँदाजाँदै भन्नुभयो नीति र नेतृत्वको रक्षाको कुरा, जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो ।’
उनले अब आफ्नो सपना राम्रो उत्तराधिकारी तयार गर्ने र उनीहरुले पार्टीलाई एकताबद्ध गरेर मजबुद बनाउन भन्ने रहेको बताए । अब आउने नेताहरुले तमाम क्रान्तिकारीलाई सही स्कुलिङ गरेर माओवादीको विरासत र क्रान्तिकारी परम्परालाई अगाडि बढाएर पार्टीलाई देशका अरु पाटी भन्दा शक्तिसाली बनाउन सकनु भन्ने आफ्नाे धारणा रहेको प्रचण्डले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार