मन्त्रीको काम सरुवा मिलाउने, निर्वाचन अघि ठूलो संख्यामा निजामति र सुरक्षाकर्मीहरुको सरुवा हुँदै
नेपालबहस संवाददाता
भदौ २३, २०७९ बिहिबार ११:५०:५०
२३ भदौ । काठमाडौं । सरकारले निर्वाचनको मुखमा ठूलो संख्यामा निजामति कर्मचारी र सुरक्षा निकायमा कार्यरत कर्मचारीको सरुवा तयारी गरेको छ । सरुवामा सम्बन्धित मन्त्रालय र कार्यालयका प्रमुखहरु मन्त्रालय र कार्यालयमा राती अबेरसम्म बस्ने गरेका छन् । कर्मचारीको सरुवामा मन्त्री आफै खटिने गरेका छन् । मन्त्रीकै निर्देशनमा धेरै मन्त्रालयहरुले कर्मचारीको सरुवा हुने गरेका छन् । ‘मन्त्रिको काम नै आजकाल सरुवा मिलाउने मात्रै भएको छ’, स्रोतले भन्यो ।
निजामति मात्र होइन सुरक्षा अंगका कर्मचारीहरु पनि नियमति भन्दा आकस्मिक सरुवा हुन थालेका छन् । गृह मन्त्रालयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा शुरु भैसकेको छ भने, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पनि यो क्रम शुरु हुन लागेको छ । नेपाल प्रहरीमा मंगलबार साँझ मात्रै पूर्वी नवलपरासी र पाँचथरका प्रहरी प्रमुख फेरिएका छन् । पूर्वी नवलपरासीमा एसपी भुवनेश्वर तिवारीलाई पठाइएको छ भने पाँचथरमा डीएसपी हरि खतिवडाको सरुवा भएको छ ।
पूर्वी नवलपरासीका एसपी प्रज्वल महर्जनको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय वीरेन्द्रनगरमा सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग ईन्टरपोल शाखा नक्सालमा कार्यरत डीएसपी हरि खतिवडाको जिल्ला प्रहरी कार्यालय पाँचथर सरुवा भएको छ भने डीएसपी राकेश थापाको खतिवडाको इन्टरपोल शाखामा सरुवा भएको छ । थापा शान्ति मिसनमा जान लागेकाले उनको सरुवा भएको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय आबुखैरेनी, तनहुँमा इन्स्पेक्टर गायत्रीराज शर्मा, इलाका प्रहरी कार्यालय अमलिया, दाङमा सुरेन्द्र विक्रम बर्तौला, आबु खैरेनीका लोकेन्द्र अधिकारीको बर्तौलाको ठाउँमा सरुवा भएको छ । पूर्वी नवलपरासीका एसपीलाई राम्रो काम गर्दा गर्दे हटाइएको छ भने पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेलले योजनाबद्ध रुपमा दुई व्यक्तिलाई लागुऔषध मुद्दामा फसाएको पुष्टि हुँदा पनि कारबाही भएको छैन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अघि १० सहसचिवको काज सरुवा ग¥यो, ती सहसचिवको काज सरुवाको निर्णय गर्न संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठ र मन्त्रालयका सचिव अर्जुन पोखरेल राति ९ बजेसम्म मन्त्रालयमै बसेर टुग्याएका थिए । ‘संघीय मन्त्रलयमा मात्र होइन अधिकांश मन्त्रालयको हालत यस्तै छ’, एक सहसचिवले भने । संघीय मामिला मन्त्रालय स्रोतका अनुसार भदौ महिनामा मात्र मन्त्रालयले ४ सय कर्मचारी सरूवा गरिसकेको छ । ती मध्ये करिब ५०जना सहसचिव तथा करिब ५० जना उपसचिवसरहका कर्मचारी रहेका छन्। यसैगरी करिब १ सय शाखा अधिकृतसरहका कर्मचारी छन्। अन्य कर्मचारीहरू नायब सुब्बा तथा खरिदार सरहका कर्मचारी रहेको मन्त्रालय स्रोतको भनाइ छ।
उनका अनुसार राती काज सरुवा सूचीको फाइल सदर गरे पछि मात्र मन्त्रीहरु मन्त्रालयबाट निस्कने गरेका छन् । सरुवा सूचिमा पटक पटक फेरबदल गर्नुपर्ने भएकोले रातीसम्म मन्त्री र सचिब मन्त्रालयम बसेको मन्त्रीसँग निकट स्रोतले बतायो । सहसचिव र सहसचिवभन्दा माथिल्लो तहका कर्मचारीको सरूवा मन्त्रिपरिषद्ले गर्ने गर्छ । तर काज सरूवा भने मन्त्रालयले गर्न पाउने नियम छ । माथिल्लो तहका कर्मचारीहरूको सरूवा गर्नु प¥यो भने सामान्यता मन्त्री र सचिव रातीसम्म मन्त्रालयमा बस्ने गरेका छन् । सरुवाको निर्णय सदर गरिसकेपछि मात्र मन्त्री र सचिव मन्त्रालयबाट निस्कने गर्छन् ।
‘मन्त्रालयमा कार्यरत सबै कर्मचारी मन्त्रालयबाट निस्किएपछि सरुवाको निर्णय हुन्छ,’ आवास तथा भौतिक योजना मन्त्रालयका एक उपसचिवले भने, ‘कामका लागिभन्दा पनि सरुवाको सूची तयार गर्न मन्त्री र सचिव रातिसम्म बस्ने परम्परा जस्तै भएको छ ।’ उनका अनुसार अरू मन्त्रालयमा पनि यस्तै परम्परा छ । सहरी विकास स्रोतका अनुसार, भवन विभागको महानिर्देशक फेर्ने निर्णय गर्दा केही दिन अघि शहरी विकासमन्त्री मेटमणि चौधरी र सहरी विकास सचिव रमेश सिंह पनि राति अबेरसम्म मन्त्रालयमै बसेका थिए । भवन विभागमा एक वर्षमै ४ पटक महानिर्देशक फेरिए । सहरीले अब ठूलो संख्यामा आयोजना प्रमुख फेर्ने तयारी गरेको स्रोतको भनाइ छ। यसका लागि सूची तयार भइरहेको स्रोतको दाबी छ ।
अहिले सरुवाको मौसम सुरु भएको छ ।
निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागु हुनुअघि कर्मचारी व्यवस्थापन गरीसक्न सरकारलाई निर्देशन गरेपछि धमाधम कर्मचारीको सरुवा गर्न थालिएको छ । धेरैजसो सरुवा विधि मिचेर हुने गरेको आरोप लागेको छ । यातायता व्यवस्था विभागका महानिर्देशक सुरेश राउतले विभागमा २ महिना पनि काम गर्न पाएनन् । १ महिना २८ दिनमा उनको सरुवा भएको थियो । विभागबाट उनलाई वाग्मती प्रदेशको श्रम तथा यातायता मन्त्रालयमा सरुवा गरिएको थियो ।
सरकारले उनललाई यातायातामा असार ३० गते यातायातमा लगेको थियो भने भदौ १८ गते त्यहाँबाट सरुवा ग¥यो । राउतसँगै विभागका निर्देशक राधाकृष्ण खतिवडा र अरू २ जना शाखा अधिकृतको पनि सरुवा भएको थियो । राउतको ठाउँमा पर्यटन तथा संस्कृति मन्त्रालयका सहसचिव टोकराज पाण्डेलाई लगिएको छ । मन्त्रालयका एक उपसचिवका अनुसार दोहारो सहमति लिएर करिब ४ सय स्थानीय तहका कर्मचारी सरुवा गर्ने तयारी भएको छ।
मन्त्रालयका अनुसार ६सय ५० जना कर्मचारीहरू दोहरो सहमति लिएर सरूवा हुन मन्त्रालयमा निबेदन दिएका छन्। मन्त्रालय स्रोतका अनुसार विशेष गरी प्रमुख प्रशासकीय अधिकृतको सरुवाका लागि बढी चलखेल हुने गरेको छ । सुगम क्षेत्रमा प्रमुख प्रशासकीय अधिृकत हुन उपसचिवसरह कर्मचारीहरूले विभिन्न किसिमबाट पहुँच प्रयोग गर्नें गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने, पर्वतारोहणमा जानेहरुलाई सतर्कता अपनाउन आग्रह
मंसिर १५, २०८१ शनिबार
एनपिएलको पहिलो संस्करण आजबाट सुरू, उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्दै
मंसिर १५, २०८१ शनिबार