निर्वाचन सम्पन्न नभएसम्म सुरक्षाकर्मीलाई बिदा लिन र राजीनामा दिन प्रतिबन्ध, लिए-दिए कारवाही
नेपालबहस संवाददाता
भदौ २३, २०७९ बिहिबार १९:३४:११
२३ भदौ, काठमाडौं । सरकारले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न नभएसम्म सुरक्षा निकायका कुनै पनि कर्मचारीलाई बिदा लिन र राजीनामा दिन प्रतिबन्ध लगाएको छ । गृहमन्त्रालय मातहत रहेको सुरक्षा समितिले निर्वाचन कार्यमा खटिएका र कार्यलयमा कार्यरत रहेका कुनै पनि तहका कर्मचारीले बिदा लिन र राजीनामा दिन नपाउने व्यवस्था गरेको हाे ।
अटेर गरी अत्यावश्यक काम देखाएर बिदा लिने वा राजीनामा दिने काम भएमा उनीहरुलाई कारवाही गरिने भएको छ । विभागीय कारवाहीमा बढुवा रोक्नेदेखि घटुवा गर्नेसम्मका कारवाही हुने बताइएको छ । गृहले निर्वाचन आयोगसँग समन्वय गरी मातहतका निकायमा सर्कुलरसमेत जारी गरेको बताइएको छ ।
गृहमन्त्रालयको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न नभएसम्मका लागि स्वेच्छिक राजीनामा दिन रोक लगाइएको छ । मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनसम्मका लागि मातहत सबै दर्जाका कर्मचारीलाई राजीनामा दिन रोक लगाइएको दुवै सुरक्षा निकायका अधिकारीहरुले बताएका छन् ।
प्रहरी प्रधान कार्यलयले अहिले कार्यरत जनशक्तिबाट मात्रै चुनावी सुरक्षा व्यवस्थापन गर्न सम्भव नभएको भन्दै अपुग संख्याका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न सूचनासमेत जारी गरेसकेको छ । पछिल्लो समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका तल्लो तहका कर्मचारीले राजीनामा दिएर स्वेच्छिक अवकाशमा जानेक्रम बढेको र यसले निर्वाचनमा असर पार्ने भन्दै रोक लगाइएको बताइएको छ ।
निर्वाचनका लागि गृह मन्त्रालयले प्रहरी र सशस्त्रलाई सुरक्षा कार्ययोजना बनाउन निर्देशन दिइसकेको छ । कार्ययोजना निर्माणका क्रममा राजीनामा दिएर जनशक्ति बाहिरिँदा कार्यक्षेत्रमा खटिने जनशक्ति अभाव हुने भन्दै दुवै सुरक्षा निकायले संगठनभित्र यस्तो निर्देशन जारी गरेका हुन् । हाल नेपाल प्रहरीमा करिब ८० हजार र सशस्त्रमा ३७ हजार जनशक्तिको दरबन्दी रहेकोमा प्रहरीका करिब ६२ हजार र सशस्त्रका ३२ हजार जनशक्ति चुनावमा खटाउने तयारी उनीहरुको छ ।
नेपाल प्रहरीले राजीनामा दिएर जनशक्ति बाहिरिँदा चुनावी सुरक्षामा असर पुग्ने सक्ने भएर चुनावसम्मका लागि त्यसलाई रोक लगाइएको बताएको छ । सामान्य अवस्थामा औचित्य, कारण र खुलाएर सबै तहका कर्मचारीले राजीनामा दिएर स्वेच्छिक अवकाशमा जान पाएपनि अहिले परिस्थिति सामान्य नभएकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै मंसिर ४ सम्मका लागि कुनै पनि कर्मचारीको राजीनामा स्वीकृत नगर्न देशभरका युनिटमा निर्देशन दिइएको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले पनि सातै प्रदेश र उपत्यकाका बाहिनी, गण, तालिम केन्द्र, गुल्म तथा बोर्डर आउट पोष्ट (बीओपी) लाई निर्देशन दिँदै कसैलाई पनि चुनावसम्म राजीनामा दिएर जान रोक लगाएको जनाएको छ । पछिल्लो ५ वर्षमा मात्रै प्रहरी र सशस्त्रका करिब १८ हजार अधिकृत तथा जवानले राजीनामा दिएको स्रोतको भनाइ छ ।
सुरक्षा निकायमा कार्यरत रहेर राजीनामा दिनेमध्ये धेरैजसोले विदेशमा सुरक्षा गार्डमा जाने गरेका छन् । योग्य र अनुभवी प्रहरीहरु बीचमै जागिर छोडेर बाहिरिँदा राज्यलाई बर्सेनि आर्थिक भारमात्रै थपिने गएको छ । अनुभवी जनशक्ति उत्पादन गर्न सरकारले वर्षौं कुर्नुपर्ने अधिकारीहरु बताउँछन् । प्रहरी र सशस्त्र प्रहरी मुख्यालयका अनुसार एकजना सिपाहीलाई भर्नादेखि आधारभूत तालिम दिएर फिल्डमा खटाउँदासम्म साढे ४ लाखदेखि ५ लाख रुपैयाँसम्म खर्च हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार