चुनावमा व्यवसायी फकाउन बजेटमा राखिएका करका दर हेरफेर गर्ने अर्थमन्त्रीको तयारी,मन्त्रिपरिषदमै पुग्यो प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २३, २०७९ बिहिबार २१:३८:५२
२३ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निर्वाचनको मुखमा आएर चालु आर्थिक वर्षको बजेटका केही विषयहरु संशोधन गर्ने तयारी गरेका छन् । उनले अर्थमन्त्रालयका राजश्व शाखाका कर्मचारीहरुलाई बजेटमा राखिएका केही व्यवस्थाहरु परिवर्तन गर्न निर्देशनसमेत दिइसकेको बताइएको छ । उनले उद्योगी व्यापारीहरुलाई फाइदा पुग्ने गरी बजेट संशोधन गर्न लागेको बुझिएको छ ।
चाालु आर्थिक वर्षको बजेट कार्यन्वयनमा आएको दुई महिना पनि पुगेको छैन् । बजेट तयारीकै क्रममा अर्थमन्त्री शर्मा विवादमा तानिएका थिए । दुई महिना नपुग्दै तत्कालिन समयमा विवादित भनिएका विषयहरू सच्याउन उनले बजेटमा केही महत्वपूण विषयहरु फेरबदल गर्ने भएका हुन् ।
मन्त्री शर्माले बजेट बनाउँदा आफु निकट सम्बन्ध बनाएका केही उद्योगी र व्यवसायीलाई फाइदा हुने गरी करका दर र दायरा मिलाएको भन्दै व्यवसायीहरुले चर्को विरोध गरेका थिए । बजेट आत्मनिर्भर र उत्पादनमूखी भएको दावी गरिरहेका मन्त्री शर्माले आगामी निर्वाचनलाई केन्द्रमा राखेर कार्यान्वयनमा आएको २ महिना नपुग्दै करका दर हेरफेर गर्न लागेका छन् ।
अर्थमन्त्रालय कर्मचारीका अनुसार उनले खाने तेल, प्याड र जीआई वायरको करमा हेरफेर गर्दैछन् । जीआई वायरको कच्चापदार्थमा १० प्रतिशत भन्सारलाई घटाएर ५ प्रतिशत कायम गर्ने, तेल उत्पादन गर्ने कच्चा पदार्थमा रहेको १० प्रतिशत घटाएर ५ प्रतिशत झार्ने गृहकार्य सुरु गरिसकेका छन् । चुनावका मुखमा आक्रोसित उद्योगी–व्यवसायीलाई आफ्नो पक्षमा पार्न उनले करका दर हेरफेरको पप्रयासमा लागेको बताइन्छ ।
सेनिटरी प्याडमा भन्सार छुट दिँदा नेपाली उद्योग बन्द हुने र बाँकी रहेका पनि बन्द हुने अवस्थामा रहेको भन्दै विरोध बढेको थियो । निश्चित उद्योगी र व्यापारीलाई मात्रै फाइदा पुग्नेगरी कर मिलाएको भन्दै मन्त्री शर्माबिरुद्धमा व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ नै लागेका थिए । शर्माले पहिले विवादमा आएका केही वस्तुको करको दर हेरफेर गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पनि लगिसकेका छन् ।
उनले करका दरमा हेरफेर गर्ने भएपछि केही व्यवसायी भने यसबाट रुष्ट देखिएका छन् । निर्वाचनको मुखमा आएर करका दरमा परिवर्तन गर्ने विषयलाई विपक्षी एमालेले पनि आपत्ति जनाएको छ । यस्तै विवषयकमा विवादले गर्दा यसअघि मन्त्री शर्माको राजीनामासमेत मागिएको थियो । अहिले करका दर हेरफेरमा पनि उनी विवादरहित हुने सम्भावना देखिएको छैन् । मन्त्री शर्माले बजेटका अन्य केहि विषयहरुलाई पनि हेरफेर गर्न चाहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार