जनतामाझ गर्बिलो इतिहास बनाएको कांग्रेस रामराम भन्ने अवस्थामा आउनु लोकतन्त्रकै दुखद पक्ष होः पूर्वराष्ट्रपति
नेपालबहस संवाददाता
भदौ २३, २०७९ बिहिबार २२:५२:१२
२३ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामबरण यादवले नेपालको लोकतान्त्रिक आन्दोलनको अगुवा गर्दै जनतामाझ गर्बिलो इतिहास बनाएको नेपाली कांग्रेस अहिले एक्लै जनतामा जान नसक्ने अवस्थामा आइपुगेको टिप्पणी गरेका छन् । उनले नेताहरुकै कारण नेपाली कांग्रेस रामराम भनेर अरुले काँध थापिदिनुपर्ने आवस्थामा आइपुग्नु नेपालका लागि दुखद पक्ष भएको बताए ।
विचार नमिल्ने शक्तिसंग कांग्रेसले गरेको चुनावी तालमेलप्रति संकेत गर्दै डा. यादवले अहिले जनताको माझमा जान कांग्रेसले अंशबन्डा गरिरहेको गुनासो गरे । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि माओवादी केन्न्द्र, एकीकृत समाजवादीसहितका दलसँग कांग्रेसले गठबन्धन गर्नु समय सपेक्ष नभएको उनको भनाइ छ ।
काठमाडौं बिहीबार आयोजित बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गर्विलो इतिहास बोकेको कांग्रेस जनतामाझ जान अहिले अंशबन्डा गर्नुपर्ने अवस्थामा आइपुगेको र यो अवस्थामा कांग्रेसलाई पर्काउन गतिलो र निडर नेताको आवश्यकता भएको बताए ।
यादवले कांग्रेसमा बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गरिजाप्रसाद कोइरालाजस्ता महापुरुषको नाम सुन्दै गद्गद् हुने कांग्रेस अहिले त्यस्तो पुर्खा भएर पनि जनातमाझ जान डराइरहेको बताए । उनले कांग्रेसले आफ्ना नीति र विचारलाई सही ढंगले परिचालित गरे जनतामा जान र चुनाव चित्न कसैको सहारा नचाहिने दावी गरे ।
कांग्रेसको अहिलेको अवस्थालाई रामराम भन्ने बेला भइसकेको भन्दै उनले भने, ‘जनताको बीचमा जान पनि अरु पार्टीसँग मिलेर भागबण्डा गरिरहेको छ । यसले कांग्रेसको बारेमा राम, राम भन्ने बेला भइसकेको देखाउँछ जनतामाझ जान अंशबन्डा गर्नु लज्जाको विषय हो । कांग्रेसलाई फर्काउन अब सहज छैन । ठूलै आँट र साहस भएको नेता जन्मिएन भने कांग्रेससँगै लोकतन्त्र पनि ठूब्छ ।’
कांग्रेसभित्र पन विधि र आदर्शको कुरा हुन छाडेको र चुनावमा टिकटसमेत बिक्री हुन थालेको भन्दै कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका डा. यादवले कांग्रेसमा पसिना बगाउनेको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे । कांग्रेसका तत्कालीन नेता रहेका उनी पहिलो जननिर्वाचित राष्ट्रपति हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार