राष्ट्रपतिलाई दाउमा राखेर वैवाहिक अंगीकृतमा एमाले र माओवादीले देखाए तमासा, सतहमै पुग्यो विवाद
नेपालबहस संवाददाता
भदौ २४, २०७९ शुक्रबार २०:३५:३७
२४ भदौ, काठमाडौं । नागरिकता विधेयकका केही बुँदामा असन्तुष्टि राखेर राजीनामा दिने मोडमा पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई दाउमा राखेर नेकपा एमाले र नेकपा माआवादी केन्द्रले वैवाहिक अंगिकृतको विषयलाई चुनावी मुद्दा बनाउने प्रयास गरेका छन् । हाल राष्ट्रपतिसमक्ष दोस्रो पटक प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयकमा वैवाहिक अंगिकृत नागरिकता दिने सम्बन्धमा प्रष्टसँग खुलाइएको छैन ।
यसअघि वैवाहिक अंगिकृत नागरिकताका लागि ७ वर्षे प्रावधान राखिएको थियो । तर, अहिले विवाह गरेर आएको कति वर्षमा यस्तो नागरिकता दिने भन्ने उल्लेख छैन् । यसै विषयलाई अहिले एमाले र माओवादीले चुनावी मुद्दा बनाउन एकले अर्कोलाई अरोप लगाएर ७ वर्ष प्रावधानको जस आफुले पाउनुपर्ने बताइरहेका छन् ।
शुक्रबार विहान मात्रै नेकपा माओवादीका अध्यक्ष प्रचण्डले तत्कालिन नेकपा नेतृत्वको सरकारले विधेयक बनाउँदा वैवाहिक अंगिकृत नागरिकता दिँदा विवाह गरेर आएको सात वर्ष पुगेपछि मात्रै दिन सकिने प्रावधान आफुले नै राखेको बताएका थिए । त्यसको दुई घण्टा पनि नवित्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्डले अंगिकृतका विषयमा झुट बोलेको बताएका छन् ।
महासचिव पोखरेलले वैवाहिक अंगीकृत नागरिकताका विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो दृष्टिकोण बदल्नु रहस्यमय भएको बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पोखरेलले प्रचण्ड स्वयं आफैंले नेकपाको समयमा के भन्नुभएको थियो भन्ने रकर्डमा रहेको र उनको दृष्टिकोण बदलिनुको कारण जनताका बीचमा आउनुपर्ने बताए ।
पोखरेलले अहिले प्रचण्ड वैवाहिक अंगिकृत नागरिकता विषमा ७ वर्षे प्रावधानका पक्षमा नरहेको बताए । उनले भने, ‘उहाँले नेकपाको समयमा वैवाहिक अंगीकृतका हकमा भारतमा जे प्रोभिजन छ नेपालमा त्यही राख्नु उचित हुन्छ भनेर राज्य व्यवस्था समितिका सदस्यहरुलाई बोलाएर निर्देशन पनि दिनुभयो । आज यो दृष्टिकोणबाट उहाँ बाहिर किन जानुभयो ? यसको जवाफ उहाँ स्वयंले दिनुपर्छ ।’
प्रचण्डले राष्ट्रपतिले प्रमाणीकरण नगर्ने सम्भावना औल्याउँदै राष्ट्रपतिलाई संविधानले दोस्रोपटक फिर्ता गर्न सक्ने अधिकार नदिएकाले अदालत जाने या राजीनामा गर्नुपर्ने अवस्था आएको दावी गरेका थिए । उनले यसअघि केपी शर्मा ओलीले लगेको अध्यादेशमै भएको व्यवस्था अहिले पनि कायमै रहेकोमा जोड दिएका छन् । प्रचण्डको भनाइमा ओलीले ल्याएको विधेयकमा पनि ७ वर्ष प्रावधान थिएन् ।
यता, पोखरेलले राष्ट्रपतिको मुख्य असन्तुष्टि वैवाहिक अंगिकृतमा समय नतोकिनुमा रहेको भन्दै प्रचण्डले ७ वर्षे प्रावधान हटाएर प्रमाणीकरण गर्न दवाव दिइरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर राष्ट्रपतिसमक्ष पेश भएको नागरिकता विधेयकमा वैवाहिक अंगीकृत नागरिकता लिनका लागि समय तोकिएको छैन ।
नेकपा एमालेले नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिनु उचित हुने धारणा राख्दै आएको छ । र नागरिकता विधेयक अहिलेकै अवस्थामा पारित गर्नु उचित नहुने बताउँदै आएको छ । राष्ट्रपति भण्डारीले पनि यही विषयमा मुख्या अडान लिएकी छन् ।
प्रचण्डले राष्ट्रपतिले नागरिकता विधेयक स्वीकृत नगरे राजीनामा दिनुपर्ने धारणा राखेका थिए । एमाले महासचिव पोखरेलले प्रचण्डले राष्ट्रपतिमाथि प्रश्न उठाउनु उचित नभएको तर्क गर्दै उनको बचाउ गरेका छन् । वैवाहिक अंगिकृतमा एमालले ७ वर्षे प्रावधान अनिवार्य हुनुपर्छ भनेकै कारण प्रचण्डले यो प्रावधान हटाउन जोडबल गरेर विधेयक पारित गराएको ओरोप पोखरेलको छ ।
पोखरेलले भने, ‘राष्ट्रपतिले त नागरिकताजस्तो विषयमा प्रमुख दलहरुका बीच सहमति हुनु, दीर्घकालीन समाधान खोज्नु उपयुक्त हुन्छ भन्नुभएको थियो । त्यो कुरालाई गठबन्धन सरकारले किन छलफलको विषय बनाउन आवश्यक ठानेन त्यसको जवाफ दिनुपर्ने हो नि प्रचण्डजीले ।’ एमाले उपाध्यक्ष रामबहादुर थापा बादलकी आमाको निधनमा थापा परिवारलाई समवेदना प्रकट गर्न महासचिव पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली चितवन पुगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार