युथ टेबल गर्दै कांग्रेसका युवा उम्मेदवार
नेपालबहस संवाददाता
भदौ २५, २०७९ आइतबार ०:९:५३
२५ भदौ, पोखरा । प्रदेश तथा प्रतिनिधिसभामा भेला भएका कांग्रेसका युवा उम्मेदवारहरुले आसन्न चुनावमा युवाहरुको सहभागिता बढाउन दबाब दिने कार्यक्रम स्वरुप पोखरामा युथ टेबल गर्ने भएका छन ।
यो कार्यक्रममा प्रदेशका ११ जिल्लाबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा सिफारिस भएका युवा उम्मेदवारहरु सहभागी हुनेछन । त्यहाँ उनीहरुले आफ्नो लिखित तथा मौखिक प्रस्तुतीमार्फत युवाका एजेण्डा र कांग्रेसले लिनुपर्ने अबको बाटोको बारेमा छलफल गर्नेछन ।
११ जिल्लाका १८ प्रतिनिधीसभा तथा ३६ प्रदेशसभामा सिफारिस भएका सबै युवा उम्मेदवारहरु आपसी भेला गर्ने सहमति अनुरुप कार्यक्रम तय भएको अजित क्षेत्रीले बताए । उनी पनि स्याङजा कांग्रेसबाट सिफारिस भएका उमेदवार हुन ।
आइतबार बिहान ११ बजे पोखरामा हुने यो कार्यक्रममार्फत कांग्रेसमा युवाहरुको प्रभावकारी उपस्थितीको बारेमा छलफल हुने, पार्टीमा युवाहरुलाई स्थान दिन दबाब दिने र घोषणापत्रमा समेट्नुपर्ने विषयमा छलफल हुने उनले जानकारी दिए ।
ठुलो पार्टी भएतापनि नेतृत्वमा र टिकट पाउने बेलामा चाहिँ युवाहरुलाई पछाडि पारिँदा स्वतन्त्र युवाहरुले जित्ने अवस्था आएको र यसमा पार्टीले युवा उमेदवार अगाडि नसारेकै कारण पार्टीलाई नोक्सान भएको उनीहरुको ठहर छ ।
“स्वतन्त्र चम्किने, कांग्रेसका युवा कहिलेसम्म थन्किने”, “परिवर्तनका निम्ति युवा”,
“सक्षम युवा, एजेण्डा सहित” लगायतका नाराहरु उनीहरुले तय गरेका छन ।”
पार्टीले युवालाई अगाडि नबढाउँदा देशमा स्वतन्त्रको लहर आएको र त्यसबाट पार्टीलाई नै नोक्सान हुने हुँदा आसन्न संसदीय निर्वाचनमा युवाहरुलाई प्राथमिकता दिनुपर्ने सन्देश उनीहरुले युग टेबलमार्फत दिनेछन ।
कार्यक्रममा सिफारिस भएका हरेक युवाहरुलाई बोल्ने समय दिइनेछ । उमेदवारले आफ्नो प्राथमिकता राख्नेछन । सहयोगको प्रतिबद्धता पनि जनाउनेछन । कांग्रेसले के लाई प्राथमिकतामा राख्नुपर्छ भनेर छलफल हुनेछ, लिखित सुझा, एजेण्डा पनि राख्नेछन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार