पाकिस्तानको जस्तो जलवायु नरसंहार कहिल्यै देखेको थिइन : महासचिव गुटेर्रेस
नेपालबहस संवाददाता
भदौ २६, २०७९ आइतबार १४:३७:४२
२६ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बाढीग्रस्त पाकिस्तानको भ्रमण गरेका छन् । उनले पाकिस्तानमा जस्तो ठूलो जलवायु नरसंहार कहिल्यै नदेखेको भन्दै विनाशको लागि धनी देशहरूलाई दोष दिए ।
‘मैले संसारमा धेरै मानवीय प्रकोपहरू देखेको छु, तर मैले यो मात्रामा जलवायु नरसंहार कहिल्यै देखेको छैन,’ उनले दक्षिणी पाकिस्तानमा सबैभन्दा खराब क्षतिको साक्षी दिएपछि बन्दरगाह सहर कराँचीमा पत्रकार सम्मेलनमा भने ।
‘आज मैले देखेको कुरा वर्णन गर्न मसँग कुनै शब्द छैनु,’ उनले भने । युनाइटेड किंगडम जति क्षेत्रफल ओगटेको बाढीमा झण्डै १ हजार ४ सय जनाको मृत्यु भएको छ । बाढीले लाखौँ हेक्टर क्षेत्रमा लगाइएको बाली नष्ट गरेको छ र घर, व्यवसाय, सडक र पुलहरू ध्वस्त पारेको छ ।
बाढीका कारण ३० अर्ब डलरभन्दा बढी क्षति पुगेको प्रारम्भि अनुमान गरिएको छ । महासचिव गुटेर्रेसले बाढीग्रसत पाकिस्तानलाई सहयोग गर्न पनि आह्वान गरे । बाढीग्रस्त पाकिस्तानलाई बेलायत, क्यानड, चीनलगायतका देशले सहयोग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनले ब्रह्मपुत्र नदीमा बाँध बनाएपछि बंगलादेशमा विनाशको जोखिम तीन गुणा बढ्दै
पुष २८, २०८१ आइतबार
दिल्लीमा हल्का वर्षासँगै व्यापक चिसो
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार