बाल विवाह र हिंसाको विरुद्धमा किशोरीहरु
नेपालबहस संवाददाता
भदौ २६, २०७९ आइतबार १९:३०:५९
♦सर्जना कार्की
२६ भदौ, रुकुमपूर्व । हाम्रो समाजमा बालबालिकाको कुरालाई सजिलै सबैले पत्याउँदैनन् । बालबालिकाले राम्रै कुरा गरेपनि उनीहरुका कुरालाई सामान्य रुपमा हेर्ने चलन यो समाजमा रहेकामा रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका बालबालिकाले नमूनायोग्य काम गर्दै आएका छन् ।
बालविवाह व्याप्त रहेको उक्त गाउँपालिकामा पालिकास्तरीय बाल क्लब सञ्जाल, किशोरी र आमा समूह सञ्जाल तथा वडास्तरीय बाल क्लब, किशोरी समूह, आमा समूहले बाल विवाह न्यूनीकरणका लागि विभिन्न अभियान चलाउदै आएका छन् । बाल विवाह न्यूनीकरणका लागि थालिएको अभियानले समाजमा प्रभाव पनि पार्न थालेको छ ।
उक्त गाउँपालिकाको वडा नम्बर १० की १६ वर्षीया शिरिमाया पुन अहिले कक्षा १० मा पढ्छन् । यो उमेरमै बाल विवाह न्यूनीकरण अभियानमा सक्रिय भएर लाग्नुभएको उहाँ वडास्तरीय गेमी मेलमिलाप किशोरी समूहको अध्यक्ष भएर वाल विवाह न्यूनीकरण अभियानको नेतृत्व गरेका छन् । वडामा हुने बाल विवाह, बालबालिकामाथि हुने हिंसा र सबै प्रकारका घरेलु हिंसाको विरुद्धमा उनले आवाज उठाउँदै आएका छन् । सोही आवाजले अहिले उक्त वडामा २० वर्ष नपुुगी विवाह गराउन अभिभावक पछि हट्न थालेका छन् भने उमेर नपुगी विवाह गर्दा प्रहरीकहाँ पुगिन्छ की भनेर स्वयं केटाकेटी पनि सचेत भएका पाइन्छ ।
पुथा १० कै संस्कृति पुन पनि वडास्तरीय बाल क्लबको अध्यक्ष छन् । उनको भूमिका पनि वाल विवाह न्यूनिकरणको अभियानमा शिरीमायाको भन्दा फरक छैन । गाउँमा कतै बाल विवाह हुन लागेको खबर पाउने बित्तिकै विवाह रोक्नका लागि विवाह भइरहेको घरमा पुग्ने, अभिभावकलाई सम्झाउने र नमानेमा स्थानीय सररकार र प्रहरीलाई खबर गर्न दौडधूप गर्छन अध्यक्ष पुन । सबैसँगको समन्वय र सहयोगमा बाल विवाह रोक्न पनि सफल भएको उनी बताउछन् ।
गाउँपालिकास्तरमा भएका बाल क्लब सञ्जाल, किशोरी सञ्जाल, आमा समूह सञ्जाल र वडास्तरमा भएका बाल क्लब, किशोरी समूह, आमा समूहले गाउँपालिकाको विभिन्न क्षेत्रमा हुने बाल विवाह, बालबालिकामाथि हुने हिंसा र घरेलु हिंसाको विरुद्धमा काम गरिररहेका छन् । उनीहरुले मासिक बैठक बसेर कार्ययोजना निर्माण गर्ने, लेबी उठाएर आवश्यक सानातीना समस्या टार्नेदेखि लिएर बाल विवाह न्यूनिकरण सम्बन्धी सचेतनामुलक सडक नाटक प्रदर्शन गर्ने कार्यक्रम गरिरहेका छन् ।
बाल विवाहको विरुद्धमा काम गर्न बाल बहस किताबले आफूहरुलाई झन सजिलो बनाएको किशोरीहरुले बताएका छन। आफूहरुको यस अभियानले पछिल्लो समयमा समाजमा खुलेआम वाल विवाह गर्ने तथा गराउनेहरु सचेत भएको देख्दा खुशी लाग्ने गरेको वडा नं १० की वडास्तरीय बाल क्लबको पूर्वअध्यक्ष सुरपी पुन बताउछन् ।
अहिले क्बल, सञ्जाल तथा समूहमा आवद्ध भइसकेपछि सबै बालबालिकाले खुलेर आफ्ना कुराहरु प्रस्तुत गर्ने, समस्याहरु उत्थान गर्नेदेखि लिएर बालबालिकामा हुने हिंसा तथा दुव्र्यवहारको विरुद्धमा पहल गर्ने र समाज तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउनेतर्फ अब्बल हुदै आएको उनी जनकारी गराउछन् ।
बालबालिकामाथि हुने हिंसा विरुद्धको अभियान चलाउदै आएपनि यसमा थुप्रै चुनौतीहरु रहेको समूह तथा क्बल, सञ्जालमा आबद्ध किशोर किशोरीहरुले बताउँछन् । समाजमा गुपचुपरुपमा बाल विवाह गर्ने गराउने, बाल विवाह रोकेको खण्डमा समाजले तगारोको रुपमा हेर्ने, बाल विवाह रोके पनि पछि फेरी भागेर विवाह गर्नेलगायत समस्याको सामना आफूहरुले गर्नुपरेको किशोरीहरुले सुनाएका छन् । यसमा आफूहरुलाई स्थानीय सरकार, प्रहरी, प्रशासन र समाजका अगुवाको साथ र सहयोगको आवश्यक रहेको उनीहरुको भनाइ छ । अहिले बाल विवाह र बालबालिकामाथि हुने हिंसाको विरुद्धमा किशोर किशोरीले चलाएको अभियानमा स्थानीय सरकार र प्रहरीले साथ दिइरहेको उनहरुले बताएका छन् ।
किशोर किशोरीको अभियानमा स्थानीय सरकार र प्रहरी पनि साथ हुँदा समाजमा हुने बाल विवाह तथा बालबालिकामाथि हुने हिंसा पहिलेको तुलनामा अहिले कम हुँदै गएको गाउँपालिकाका अध्यक्ष पुनीराज घर्ती बताउछन् । बाल विवाह व्याप्त रहेको यस गाउँपालिकामा पछिल्लो एक दुई वर्षयता किशोर किशोरीहरु आफै सक्रिय हुँदा सकारात्मक परिवर्तन हुँदै गएको उनको भनाइ छ ।
गाउँपालिकाको विभिन्न क्षेत्रमा बाल विवाह र बालबालिकामाथि हुने जुनसुकै खालको हिंसा र दुव्र्यवहारको किशोर किशोरीले प्रतिकार गर्ने गरेको र त्यसमा समस्या आए गाउँपालिकाको न्यायिक समिति र प्रहरीकहाँ पुग्ने गरेको अध्यक्ष घर्ती बताउछन् । यस अभियानमा गाउँपालिका सधै किशोर किशोरीको साथमा रहेको पनि उनी उल्लेख गर्छन् ।
गाउँपालिकाको सात वटा वडामा युनाइटेड मिसन टु नेपाल रुकुम (पूर्व) कलष्टरले सक्षम परियोजनामार्फत बालबालिकाको क्षेत्रमा काम गर्दै आएकोे छ । यसै परियोजनामार्फत स्थानीय सरकारसँगको समन्वयमा पालिकास्तरीय र वडास्तरीय बाल क्लब, किशोरी समूह तथा आमा समूह संजाल निर्माण गरिएको छ भने वडास्तरमा बाल क्लब, किशोरी समूह र आमा समूह निर्माण गरिएको छ । यीनै संजाल, समूह र क्लबलाई सक्रिय गराउदै बालबालिकाको क्षेत्रमा काम गरिरहेको र त्यसबाट सकारात्मक परिवर्तनहरु पनि हुँदै गएको सक्षम परियोजनाका व्यवस्थापक हेमन्त राई बताउछन् । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार