बहुमत ल्याउन कांग्रेसलाई सय सीट चाहिन्छ, ८५ सीटमा गठबन्धन गरेर पार्टीमा विद्रोह नगराऊँः कोइराला
नेपालबहस संवाददाता
भदौ २६, २०७९ आइतबार २१:२४:५७
२६ भदौ, विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसले आगामी निर्वाचनमा एकल बहुमत ल्याउन नयाँ रणनीति तयार गरेर अगाडि बढ्नपर्ने बताएका छन् । उनले कांग्रेसलाई एकल बहुमतको सरकार बनाउन अहिले कम्तिमा पनि एक सय सीटभन्दा तल लिएर नपुग्ने बताएका छन् ।
कांग्रेसले कम्तिमा पनि प्रत्यक्षतर्फ सय सीटमा उम्मेदवारी दिएमात्रै एकल बहुमत आउन सक्ने भन्दै एकल बहुमत आउने गरी सीट नलिने भए गठबन्धन गरेर चुनावमा जानुको औचित्य नहुने र बेकारमा अन्य दलको भारीमात्रै बोक्नुपर्ने उनले बताए । गृहजिल्ला मोरङमा आइतबार आयोजित कार्यक्रममा कोइरालाले पार्टीको केन्द्रीय कार्य समिति बैठकले नै गठबन्धनबाट कांग्रेसको एकल बहुमत सुनिश्चित गर्ने गरी सीट लिने भनेकाले सोही अनुसार सीट बाँडफाँटको प्रयास भइरहेको दावी गरे ।
उनले सभापति शेरबहादुर देउवातर्फ संकेत गर्दै ८० देखि ८५ सीटमा उम्मेदवार दिएर कांग्रेसले बहुमत नल्याउने र उल्टै पार्टीमा विद्रोह हुने बताए । २०७४ सालमा कांग्रेस एक्लैले जितेका क्षेत्र छाड्न नसकिने बताउँदै यो विषयमा आफूले नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई पनि भनिसकेको बताए ।
कोइरालाले गठबन्धनमा रहेका केही दलहरु क्षमताभन्दा बढी सीटमा दावी गरेकाले सहमति हुन नसकेको दावी गरे । कोइरालाले कांग्रेसको गढमा गठबन्धनका नाममा अन्यलाई टिकट दिए पार्टीमा विद्रोह हुने बताए । कांग्रेस केन्द्रीय कार्य समितिले गरेको निर्णय सबै नेतालाई पालना गर्न आग्रह गर्दै उनले पार्टीले गठबन्धनमा चुनाव लडेर बहुमतको सरकार बनाउने निर्णयलाई कसैले पनि लत्याउन नमिल्ने बताए ।
कोइरालाले बहुमतको सरकार बनाउन र पार्टीमा विद्रोह हुन नदिन सय सीट कांग्रेसले पाउनुको विकल्प नरहेको दावी गर्दै गठबन्धनमा चुनाव लडेर जित सुनिश्चित हुने ठानेर अहिले उम्मेदवार बन्ने सूचीमा नाम लेखाउनेको भीड बढेको बताए । उनले गठबन्धनले कसैलाई जिताउँछ भन्नेमा कसैलाई पनि विश्वास नगर्न आग्रह गर्दै आफुलाई पनि विश्वास नभएको दावी गरे ।
कांग्रेसलाई युवा पार्टी बनाउन अवसरवादीहरूलाई यो निर्वाचनमा पाखा लगाउन उनको आग्रह थियो । पार्टी र विचार नबुझेका अवसरवादीहरू पैसाको बलमा अहिले सबै पार्टीमा हालिमुहाली जमाएको भन्दै कोइरालाले मोरङमा गुटगत राजनीति निकै चर्को भएकाे बताए । ३० वैशाखको स्थानीय चुनावमा पनि कांग्रेसको गुटगत राजनीतिको प्रभाव देखिएको र यसले प्रतिनिधिसभा निर्वाचनमा पनि अप्ठ्यारो पार्न सक्ने उनको ठम्याइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार