सोल्टीमा राखिएको रात्रीभोजले सभामुख सापकोटालाई बनायो निल्नु न ओकल्नू !
नेपालबहस संवाददाता
भदौ २६, २०७९ आइतबार २३:२०:५
२६ भदौ, काठमाडौं । भोली सोमबार चारदिने भ्रमणका लागि नेपाल आउन लागेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली झान्सुको टोलीलाई सम्मान दिन प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई समस्या परेको छ । उनी अहिले यो धर्मसंकटबाट पार पाउने परामर्शमा व्यस्त छन् । चिनियाँ टोलीलाई सम्मान स्वरुप राखिएको रात्रीभोजको सबै तयारी पनि सकिएको छ ।
सभामुख सापकोटालाई चिनियाँ टोलीको सम्मान गर्न परेको समस्या भनेको शोक हो । शोक बारेको समयमा कुनै भोजभतेर गर्न नपाइने परम्परा छ । नेपाल सरकारले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा तीन दिन शोक मनाउने घोषाणा गरिसकेको छ ।यसअनुसार सोमबार पनि शोक बार्नुपर्ने छ ।
देशले शोक मनाइरहेको बेला सभामुख अग्निप्रसाद सापकोटाले चिनियाँ जनकंग्रेसका अध्यक्ष ली झान्सुको सम्मानमा होटेल सोल्टीमा सोमबार साँझ रात्रीभोज आयोजना गरेका छन् । यो भोजको सबै तयारी भइसकेकाले अब के गर्ने भन्ने समस्याबाट निकास पाउनका लागि अहिले सापकोटाले अन्य विज्ञहरुसँग छलफल गरिहेको उनको निजी सचिवालयले जनाएको छ ।
सभामुख अग्नि सापकोटाको निमन्त्रणामा चिनियाँ जनकंग्रेसका अध्यक्ष ली सोमबारदेखि नेपाल भ्रमणमा आउँदै छन् । उनी राष्ट्रपति सी चिनफिङपछि दोस्रो मर्यादाका चिनियाँ नेता हुन् । महारानीको निधनमा सरकारले शोक मनाउने निर्णय गरेपछि शनिबारका लागि राखेको प्रतिनिधिसभाको बैठक चार दिनपछि सारिएको छ । सभामुख सापकोटाले शोककै कारण संसद बैठक स्थगित गरे पनि रात्रीभोज भने शोककै बीच गर्ने या नगर्ने भन्ने दोधारमा परेका छन् ।
सभामुखले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलको सोमबार साढे ५ बजे संघीय संसद भवनको ल्होत्से हलमा नेपाली प्रतिनिधिमण्डल र सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता राखिएको छ । जसमा विघटित संविधानसभा अध्यक्षका रूपमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी हुनेछन् । साँझ ७ बजे होटेल सोल्टीमा रात्रीभोज आयोजना गरिएको छ ।
मन्त्रिपरिषद्को शनिबारको बैठकले नेपालभरिका सरकारी कार्यालय एवम् विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा शनिबारदेखि तीन दिन राष्ट्रिय झण्डा आधा झुकाएर शोक व्यक्त गर्ने निर्णय गरेको छ । महारानीको निधन भएको भोलिपल्ट नेपालमा इन्द्रजात्रा परेको थियो । संयुक्त अधिराज्यमा सबैभन्दा लामो समय गद्दीमा रहेकी महारानी एलिजावेद द्वितीयाका बिहीबार राति स्कटल्याण्डको बाल्मोरलमा निधन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार