गठबन्धन भए काठमाडौंका ९ वटा निर्वाचन क्षेत्र एमाले बिहीन हुने, एक सीटमा बलियो
नेपालबहस संवाददाता
भदौ २७, २०७९ सोमबार १७:१:९
२७ भदौ, काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्र्तगत संघीय राजधानीसमेत रहेको काठमाडौका अधिकांश निर्वाचन क्षेत्रमा सत्ता नेतृत्व गरिरहेको नेपाली कांग्रेस बलियो देखिएको छ । निर्वाचन नजिकिएसँगै विभिन्न क्षेत्रका अघिल्ला मतपरिणमहरुलाई लिएर दलहरुले आफ्ना धारणा र रणनीति सार्वजनिक गरिरहेका छन् ।
संघीय राजधानी रहेको काठमाडौ जिल्लामा १० निर्वाचन क्षेत्र रहेका छन् । २०७४ को निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकीकरण गर्ने भन्दै गठबन्धन भएपछि अघिल्ले निर्वाचनमा पाएको नतिजाभन्दा खस्किएको थियो । केही क्षेत्रमा कम्युनिष्ट गठबन्धन हुँदा पनि कांग्रेस झिनो मतान्तरले पराजित भएको थियो ।
यस पटकका निर्वाचनमा कांग्रेस एक्लै लडदा पनि काठमाडौका १० क्षत्रमध्ये ८ वटा निर्वाचन क्षत्रमा सहजै जित निकाल्न सक्ने देखिएको नेताहरुले बताएका छन् । तर, सत्ता गठबन्धनका कारण काठमाडौका केही जित्नसक्ने क्षेत्रहरु छाड्नुपर्ने भएकाले कांग्रेसलाई घाटा हुने देखिएको छ । कांग्रेसभित्र आफुले जित्न सक्ने क्षेत्र अरुदललाई नदिन दवाव पनि बढीरहेको छ ।
निर्वाचन आयोगको विवरण अनुसार यस्तो छ १० क्षेत्रको अंकगणित
काठमाडौं क्षेत्र नं १ मा कांग्रेस बलियो
पछिल्लो समय काठमाडौ क्षेत्र नं १ नेपाली कांग्रेसका नेता प्रकासमान सिंहको पेवा जस्तै भएको छ । सिंह २०७४ सालको निर्वाचनमा काठमाडौं १ बाट निर्वाचित भएका थिए । कांग्रेसका नेता प्रकाशमान सिंह १० हजार ९३६ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी विवेकशील साझाका रवीन्द्र मिश्रले १० हजार ११८ मत पाएका थिए । यो निर्वाचन क्षेत्रलाई एमालेले कडा प्रतिष्पर्धा हुने क्षेत्रको रूपमा लिएको छ ।
स्थानीय तहको मतपरिणाम हेर्दा यो क्षेत्रमा एमाले दोस्रो शक्तिका रूपमा रहेको छ । एमालेका वडाध्यक्षहरूले कुल ९ हजार ५४१ मत पाएका छन् भने कांग्रेसका उमेदवारले ९ हजार ८९५ मत पाएका छन् । माओवादी केन्द्रले एक हजार १५९ मत पाएको छ । जसपाको मत २६ मात्रै छ । यो क्षेत्रमा गठबन्धन १ हजार १८० मत अगाडी छ । यहाँ राप्रपाको १ हजार १५९ मत छ । एमाले र राप्रपाबीच चुनावी तालमेल भएपनि एमालेको पक्षमा १० हजार ७ सय २१ मत हुने देखिन्छ । संघीय निर्वाचन स्थानीय भन्दा फरक हुने भएकाले यो क्षेत्रमा कांग्रेसकै सम्भावना बलियो रहनेछ ।
काठमाडौं क्षेत्र न. २ मा गठबन्धन नभए एमाले बलियो
काठमाडौं क्षेत्र नं २ २०७४ को निर्वाचनमा एमालेको उम्मेदवार माधवकुमार नेपाल विषयी भएका थिए । अहिले पनि उनैले यो क्षत्रमा दावी गरिरहेका छन् । गठबन्धन भएमा यो क्षेत्रमा एमाले पराजित हुनेछ । माओवादीसँगको गठबन्धनमा एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल निर्वाचित भएका थिए ।
नेपालले २७,३६६ मत पाउँदा कांग्रेसका दीपकप्रसाद कुँइकेलले १४ हजार ९०३ मत ल्याएका थिए । एमालेले यो निर्वाचन क्षेत्रलाई सहजै जित्ने क्षेत्रको रूपमा दाबी गरेको छ । स्थानीय निर्वाचनमा एमालेले यो क्षेत्रमा १७ हजार ३२८ मत पाएको छ भने कांग्रेसले १४ हजार १२८, माओवादीले तीन हजार १३१, एकीकृत समाजवादीले ७ हजार ९११ र जसपाले १२९ मत पाएको छ ।
यो क्षेत्रमा गठबन्धनको उम्मेदवारको पक्षमा कुल २५ हजार २९९ मत हुन आउँछ । यो एमालेभन्दा ७ हजार ९७१ ले बढी हो । यो क्षेत्रमा राप्रपासँग २ हजार ७०० र लोसपासँग ८ मत छ । यदी एमालेलाई राप्रपाले सहयोग गरे पनि गठबन्धन नै बलियो देखिन्छ । तर, गठबन्धन नभएमा एमाले बलियो हुनेछ ।
काठमाडौंको क्षेत्र न.३ मा कांग्रेस बलियो
२०७४ मा ४५ सयभन्दा बढी मतान्तर एमालेले जितेको यो क्षेत्रमा अहिले कांग्रेस बलियो देखिएको छ । गठबन्धन नगरी कांग्रेस एक्लै गएपनि यो क्षेत्रमा एमालेका उम्मेदवारले विजय हासिल गर्न कठिन देखिएको छ । गठबन्धन भएमा यो क्षेत्रबाट गठबन्धनका उम्मेदवारले सहजै जित निकाल्ने देखिएको छ । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रबाट एमालेका कृष्ण राईले १९ हजार १६९ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका अम्बिका सिग्देलले १४,८८४ मत ल्याएकी थिइन् ।
गएको स्थानीय निर्वाचनको परिमाण हेर्दा एमालेका वडाध्यक्षका उमेदवारहरूले १४ हजार ८७६ मत पाएका छन् भने कांग्रेसले १५ हजार ७९५, माओवादीले १ हजार ७३० मत, एकीकृत समाजवादीका वडाध्यक्षका उमेदवारले १० मत पाएका छन् । गठबन्धनमा रहेका यी दलहरूको कुल मत १७ हजार ५३५ हुन आउँछ । जुन एमालेको भन्दा दुई हजार ६५९ मत बढी हो । यहाँ राप्रपाका वडाध्यक्षले १ हजार ३१४ मत पाएका थिए । यहाँ एमालेले राप्रपाकै साथ पाए पनि गठबन्धन बलियो देखिन्छ ।
काठमाडौं क्षेत्र नं ४ मा कडा टक्कर
यो क्षेत्र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा निर्वाचित क्षेत्र हो । कांग्रेसका महामन्त्री गगन थापा २५ हजार ५५८ मत ल्याएर निर्वाचित भएका थिए । उनीसँग एमालेका राजन भट्टराई १८ हजार १४० मत ल्याएर पराजित भएका थिए । स्थानीय तहको हेर्दा यहाँ एमालेले १६ हजार ५०७ मत पाएको छ । त्यस्तै कांग्रेसले १५ हजार ७६३, माओवादीले ८८४ मत पाएको थियो । एकीकृत समाजवादीले २ हजार ४१४, जसपाले ३१७ मत प्राप्त गरेको निर्वाचन आयोगको नतिजाले देखाउँछ । यहाँ गठबन्धनसँग १९ हजार ३३८ मत हुन आउँछ । जुन एमालेभन्दा २ हजार ८३१ मतबढी हो । यो क्षत्रमा राप्रपाले २ हजार २९३ मत पाएको छ ।
काठमाडौं क्षेत्र नं ५ मा एमाले बलियो
नेकपा एमालेका हालका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल निर्वाचित यो क्षेत्रमा अहिले पनि गठबन्धनभन्दा एमाले बलियो देखिएको छ । २०७४ को निर्वाचनमा पोखरेलले २३ हजार २९ मत पाएका थिए । स्थानीय निर्वाचनमा पनि एमालेको मत गठबन्धनको भन्दा बढी छ । काठमाडौंमा गठबन्धन भन्दा धेरै मत रहेको क्षेत्र यो मात्रै हो ।
यो निर्वाचन क्षेत्रमा स्थानीय निर्वाचनमा एमालेले १९ हजार ७०३ मत पाउँदा कांग्रेसले १४ हजार ८५३ मत पाएको छ । माओवादीले १ हजार १६८ र एकीकृत समाजवादीले १ हजार ८२७ मत पाएका छन् । यहाँ गठबन्धनसँग १७ हजार ८८३ मत हुन आउँछ । जुन एमालेको भन्दा १ हजार ८२० मत कम हो । यहाँ राप्रपाले वडा तहमा २ हजार ८२२ रहेकाले यो क्षेत्रमा एमाले पक्का जस्तै छ ।
काठमाडौं क्षेत्र नं ६ मा कांग्रेस बलियो
काठमाडौं क्षेत्र नं ६ कांग्रेस एक्लैले पनि सहज जित निकाल्ने क्षेत्र हो । अघिल्लो निर्वाचनमा कांग्रेसका भीमसेनदास प्रधान १६ हजार ७८५ मतसहित निर्वाचित भएका थिए । उनका प्रतिष्पधी माओवादीका झक्कुप्रसाद सुवेदीले १५ हजार ४८५ मत ल्याएका थिए । सुवेदी एमाले र माओवादी गठबन्धनका उमेदवार थिए । मंसिर ४ को निर्वाचनमा यो क्षेत्रमा कांग्रेसको पकड बलियो दखिएको छ ।
स्थानीय चुनावको नतिजा हेर्दा काठमाडौं ६ मा एमालेका वडाध्यक्षका उमेदवारहरूले १४ हजार ३०३ मत ल्याएका थिए भने कांग्रेसले १७ हजार २७७ मत ल्याएको छ । माओवादीले २ हजार ४६२ मत पाएको छ । एकीकृत समाजवादीका वडाध्यक्षले १ हजार ८५९ मत पाएका थिए । निर्वाचन क्षेत्रमा गठबन्धन दलसँग कुल २१ हजार ५९८ मत हुन आउँछ । एमालेभन्दा गठबन्धन दलसँग ७ हजार २९५ मत बढी देखिन्छ । यहाँ राप्रपाका वडाध्यक्षले १ हजार ८१६ मत ल्याएका छन् । राप्रपाले एमालेलाई साथ दिएमा पनि एमाले मतका हिसाबले कमजोर देखिन्छ ।
काठमाडौं क्षेत्र नं ७ मा कांग्रेस बलियो
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा कांग्रेसको उम्मेदवार थिएन । एमालेका रामवीर मानन्धर १८ हजार १०२ मतसहित निर्वाचित भएका थिए । उनका प्रतिष्पर्धी राप्रपाका विक्रमबहादुर थापाले १० हजार ७९ मत ल्याएका थिए । स्थानीय निर्वाचनको मतअनुसार एमालेको १२ हजार २०२ मत छ भने कांग्रेसको १४ हजार १६७ मत छ ।
गठबन्धनमा रहेका माओवादी ५७६ र एकीकृत समाजवादीका वडाध्यक्षले ३८ मत पाएका छन् । जसपाका वडाध्यक्षले १९८ मत पाएका थिए । राप्रपाको वडाध्यक्षले २ हजार २७ मत ल्याएका छन् । यहाँ राप्रपाले एमालेलाई सहयोग गरेको खण्डमा पनि एमालेसँग १४,२०२ मत हुन आउँछ । त्यसो भएमा कांग्रेसँग ७५० मत बढी देखिन्छ ।
काठमाडौं क्षेत्र नं ८ मा कांग्रेस बलियो
यो निर्वाचन क्ष्षेत्रमा पनि एमालेभन्दा कांग्रेस एक्लै बलियो देखिएको छ । अघिल्लो निर्वाचनमा एमालेबाट जीवनराम श्रेष्ठ १३ हजार ३९७ मतसहित निर्वाचित भएका थिए । उनका प्रतिष्पर्धी कांग्रेसका नविन्द्रराज जोशीले १२ हजार ९५३ मत पाएका थिए । यतिबेला श्रेष्ठ एकीकृत समाजवादीमा छन् । यो निर्वाचन क्षेत्रमा एमालेको ९ हजार २३५ मत र कांग्रेसको १० हजार ८७२ मत रहेको छ । माओवादीले १८९, एकीकृत समाजवादीले ५ हजार १४२ र जसपाले ९७ मत पाएको छ । स्थानीय चुुनावको मत हेर्दा गठबन्धनले १६ हजार ३०० मत छ । जुन एमालेको मत भन्दा ७ हजार ६५ मत बढी हो ।
काठमाडौं क्षेत्र नं ९ मा कडा टक्कर
यो निर्वाचन क्षेत्रमा यो पटक कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । अघिल्लो निर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठले २२ हजार ८ ५२ मत पाएर निर्वाचित भएका थिए । उनका प्रतिष्पर्धी कांग्रेसका ध्यान गोविन्द रञ्जितले १४ हजार ८०२ मत ल्याएका थिए । स्थानीय निर्वाचनको परिणाम अनुसार यो निर्वाचन क्षेत्रमा एमालेको १९ हजार २ सय ८२ मत छ भने कांग्रेसको १९ हजार ९१६ मत रहेको छ ।
माओवादीले ६९५, एकीकृत समाजवादीले ४६५ र जसपाले ९२ मत पाएका छन् । गठबन्धनसँग २१ हजार १६८ मत हुँदा एमाले र राप्रपाबीच तालमेल भए गठबन्धनभन्दा एमाले बलियो हुन आउँछ ।
काठमाडौँ क्षेत्रं नं १० मा कांग्रेस बलियो
यो निर्वाचन क्षेत्रबाट लगातार कांग्रेका उम्मेदवार विजयी हुँदै आएका छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका राजन केसी २४ हजार १९० मतसहित निर्वाचित भएका थिए । उनका प्रतिष्पर्धी माओवादी केन्द्रका हितमान शाक्यले २१ हजार ९०७ मत ल्याएका थिए । स्थानीय तहको निर्वाचनमा एमालेले १८ हजार ८३८ मत पाएको छ ।
गठबन्धनमा रहेका दल कांग्रेसको मत २४ हजार ६७५, माओवादले ४,९४२ मत पाएको छ । त्यस्तै एकीकृत समाजवादीसँग १ हजार ३४२ , जसपासँग २५४ मत छ । यहाँ गठबन्धनको मत हिसाब गर्दा ३१ हजार ४६७ मत छ । यो एमालेभन्दा १२ हजार ६२९ मत बढी हो । यहाँ राप्रपासँग २ हजार ४९६ मत छ । यहाँ कांग्रेस एक्लैलाई पनि एमालेले भ्याउन सक्दैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार