कांग्रेस उम्मेदवार चयनमा हावी हुँदै देउवा, कोइराला समूहले माग्यो संसदीय बोर्ड
नेपालबहस संवाददाता
भदौ २७, २०७९ सोमबार १९:१९:४५
२७ भदौ,काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार चयनको विषयलाई लिएर नेपाली कांग्रेसमा रँडाको मच्चिएको छ । उम्मेदवार चयन लागि केन्द्रीय संसदीय बोर्ड गठन गर्नुपर्ने प्रावधान रहेपनि कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेसम्म यसमा चासो देखाएका छैनन् । उनले बोर्ड गठन नै नगरिकन उम्मेदवार चयनको प्रक्रिया अगाडि बढाउन खोजेका छन् । यसले गर्दा कांग्रेस विवाद चर्कदै गएको छ ।
सभापति देउवाले बोर्ड गठन नगरी उम्मेदवार चयनमा एकलौटी गर्न खोजेको भन्दै संस्थापनइतर पक्षका वरिष्ठ नेता डा. शेखर कोइराला समूहले सभापति देउवासँग तत्काल संसदीय बोर्ड गठन गर्न माग गरेको छ । कोइराला समूहले पार्टी विधि र विधान अनुसार उम्मेदवार छनोट गर्न संसदीय बोर्ड अनिवार्य भएको भन्दै तत्काल गठन गर्न देउवालाई दवाव दिएको हो ।
संस्थापनइतर समूहका नेता गुररुराज घिमिरेले संसदीय बोर्ड गठनमा ढिलाई भएको र बोर्ड नहुँदा उम्मेदवारहरुको चयन उचित र न्यायमूलक नहुने बताए । नेपालबहससँग कुरा गर्दै घिमिरेले भने,‘संसदीय बोर्ड गठन गर्ने जिम्मा र अधिकार सभापतिसँग छ । सभापतिले चाहे पाँच मिनेटमा बोर्ड गठन हुन्छ । तर, उहाँले अहिलेसम्म नगरेको देख्दा एकलौटी आफ्नो पक्षकालाई मात्रै उम्मेदवार बनाउन खोजेको देखिन्छ । त्यसैले हामीले तत्काल संसदीय बोर्ड चाहियो भनेका छौँ ।’
संसदीय बोर्ड गठन नभएकाले कांग्रेस केन्द्रीय समितिको बहुमतले उम्मेदवार छनोटको अन्तिम जिम्मा सभापति देउवालाई दिएको छ । अन्तिममा देउवाले जसको नाममा हस्ताक्षर गर्छन, उसैले टिकट पाउने छ । यसले गर्दा संस्थापन पक्षका नेताहरुले पनि संसदीय बोर्ड गठन नभएकोमा अससन्तुष्टि जनाइरहेका छन् । तर, सभापति देउवाले भने बोर्डमा बस्न चाहनेहरु धेरै भएकाले मिलाउन समस्या भएको भन्दै टार्दै आएका छन् ।
स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवार छनोटमा बोर्ड गठन नभएकाले विवाद आएको थियो । पार्टीका तर्फबाट महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका उम्मेदवार छान्न संसदीय बोर्ड बनाउँन आवश्यक थियो । तर, गठन भएन । देउवाले केन्द्रीय समितिमा समेत संसदीय बोर्ड गठन गर्ने प्रस्ताव लगेका थिएनन् ।
कांग्रेसले १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश र केन्द्रमा गरी यी तहमा विधानको व्यवस्थाअनुसार नै संसदीय बोर्ड बनाउनु पर्ने हुन्छ । कांग्रेस विधानले निर्वाचनका लागि उम्मेदवार छान्न सबैभन्दा शक्तिशाली संरचना संसदीय बोर्डको परिकल्पना गरेको छ । यी विभिन्न तहमा गठन हुने बोर्डले तहगत रूपमा निर्वाचनका लागि उम्मेदवार छान्ने अधिकार राख्दछन् ।
कांग्रेस विधानको धारा ३३ मा संसदीय बोर्ड गठन’ उल्लेख छ । सो धाराको (१) मा कुनै पनि तहको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता हुने मितिभन्दा एक महिनापूर्व उम्मेदवारको अन्तिम निर्णय गरिसक्नुपर्ने उल्लेख छ । ती समितिले निर्वाचनका लागि उम्मेदवारी दर्ता हुनु एक महिना पूर्वअन्तिम निर्णय गरिसक्नुपर्ने विधानमा भनिएको छ ।
निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिकतर्फका उम्मेदवारको मनोनयन दर्ताको मिति तोकेको छ । आइतबार निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । असोज २ देखि ३ गतेसम्म दलले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुपर्नेछ । उक्त बन्द सूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्ने र कानुन अनुसार नभएमा सच्याउन दलहरूलाई सूचित गर्ने छ । यस्तै दलहरुले बन्दसूची सच्याएर असोज १० देखि १६ गतेसम्म पेश गर्नुपर्ने छ ।
संसदीय बोर्ड नहुँदा स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार छनोट गर्न सम्पादन समिति असफल भएको थियो । त्यसपछि सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेको थियो । समितिमा पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल सहित १४ जना रहेका थिए । कांग्रेस विधानमा भने २५ जनाको संसदीय बोर्ड हुने प्रावधान छ । यसलै प्रदेश र प्रतिनिधिसभका लागि उम्मेदवार टुंग्याउनपर्ने छ ।
निर्वाचनमा उम्मेदवार तोक्ने संसदीय बोर्डबारे सभापतिले चासो नराख्दा संस्थपनइतर समूहलाई साथ लिन पनि देउवालाई सकस पर्ने बताइएको छ । संसदीय बोर्डमा एकलौटी गरे प्रतिवाद गर्ने शेखर कोइराला समूहले चेतावनी दिइसकेको छ । बोर्ड गठन गर्दा डा. रामशरण महत, अर्जुननरसिंह केसी लगायत कोइराला समूहबाट तथा एनपी सावद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की देउवा समूहबाट अटाउन समस्या भएपछि देउवा बोर्ड गठनबाट पछि हटेका थिए ।
कसलाई समेट्ने, कसलाई हटाउने भन्ने सहमति हुने नदेखिएपछि अहिलेसम्म देउवाले केन्द्रीय समितिको बैठकमा बोर्ड गठनबारे प्रस्ताव नै लगेका छैनन् । फेरी पनि उही विवाद आउने अनुमान देउवाको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार संसदीय बोर्ड गठन गर्न सभापति देउवा तयार छन तर, केही प्राविधिक कुरा मिलाउन बाँकी छ । संसदीय बोर्डमा आफ्नो समूहका नेताहरू नपरे आफु पक्षका नेताहरुले टिकट नपाउन सक्ने देउवाको बुझाइ छ ।
शेखर समूहका नेतालाई बोर्डमा राखे आफू निकटका नेताहरूलाई टिकट दिन अप्ठ्यारो हुने भन्दै देउवा त्यसका लागि सहमत देखिएका छैनन् । यही विवादले संसदीय बोर्ड गठन हुन नसकेको कांग्रेस नेता घिमिरेको तर्क छ । बोर्ड गठन नहँदा सभापतिले उम्मेदवार चयनमा आफ्नो पकड जमाउन सक्नेछन भने कोइराला समूह बोर्ड गठन विना उम्मेदवार छनोट गर्नै नदिने पक्षमा उभिएको छ । कांग्रेसमा अहिलेसम्म विभिन्न विभागसमेत गठन हुन सकेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार