एमाले प्रवेशीलाई स्वागत गर्न मधेश पुगेका ओलीले पाए २०५ किलोको माला उपहार
नेपालबहस संवाददाता
भदौ २७, २०७९ सोमबार २२:३३:४४
२७ भदौ, काठमाडौं । विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्न चाहनेहरुलाई स्वागत गर्न मधेश पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०५ किलोका माला उपहार पाएका छन् । यो वर्ष माला लगाउने नेताहरुमध्ये सबैभन्दा ठूला माला लगाउनेमा ओली परेका छन् ।
उनलाई जनकपुरधाममा २०५ किलोको मालाले स्वागत गरिएको छ । एमालेको जनकपुरधाम नगर कमिटीका पदाधिकारीले अध्यक्ष ओलीलाई २०५ किलोको फूलको मालाले स्वागत गरेका हुन् । सोमबार पार्टी प्रवेश गराउन जनकपुरधाम पुगेका ओलीलाई तिरहुतिया गाछीमा आयोजित कार्यक्रमका बीच माला लगाइएको हो ।
उक्त अवसरमा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि र प्रदेशसभा सदस्यहरु नेकपा एमालेमा प्रवेश गरेका थिए । प्रतिनिधिसभा सदस्य रुही नाज र प्रदेशसभा सदस्य अञ्जुकुमारी यादव एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गरेका दुबै जसपाका केन्द्रीय सदस्य पनि हुन् ।
यस्तै, नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति सन्तोष यादव, जसपाका केन्द्रीय सदस्य रामउदिन राम, शम्भु साह, पूर्व राज्यमन्त्री अरबिन्द साहसहितका पनि एमाले प्रवेश गरेका छन् । जनकपुरधाममा भएको कार्यक्रममा उनीहरु सबैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला तथा गम्छा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार