सीट बाँडफाँड मिलाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा, समूह समूहमा छलफल
नेपालबहस संवाददाता
भदौ २७, २०७९ सोमबार २३:५:४५
२७ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धन दलका नेताहरु सीट बाँडफाँडमा सहमति जुटाउन बालुवाटारमा भेला भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन बनाएर जाने कसरत गरिरहेका पाँच दलका नेताहरू दुई पक्षीय र त्रिपक्षीय बैठकमा जुटेका छन् ।
एउटै निर्वाचन क्षेत्रमा दाबी गर्ने दुई–तीन दलका नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । सत्तारुढ गठबन्धनका नेताहरू सीट बाँडफाँटमा सहमति नजिक पुगेको कार्कीको भनाइ छ । निर्णयको नजिकमा सहमतिपूर्ण तरिकाले गएकाले सबै दल लचिलो हुनुको विकल्प नरहेको उनले बताए ।
दलका नेताहरूबीच कुन क्षेत्र कसले लिने भन्नेबारे छलफल भइरहेकाले तत्काल निष्कर्ष निस्कने संभावना नरहेको कार्कीले संकेत गरे । ’दुई पक्षीय र त्रिपक्षीय छलफल चलिरहेको छ । अझै छलफल बाँकी रहन्छ,’ उनले भने । एउटै निर्वाचन क्षेत्रमा दाबी गर्ने दलहरूबीच छलफल भइरहेको कार्कीले जानकारी दिए । उनले भने, ’एउटै सीटमा दुई, तीन दलले दाबी गरेका छन् । त्यो सबै मिलाएर एकजना मात्रै गठबन्धनको उम्मेदवार बनाउनका लागि दुईपक्षीय र त्रिपक्षीय छलफल भइरहेको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार