बिहान खाली पेटमा खान हुने र नहुने खानेकुरा थाहा पाउनुस
नेपालबहस संवाददाता
भदौ २९, २०७९ बुधबार ११:१५:४९
♦ डा. आनन्द सिंह
हामी तपाईलाई केहि यस्ता चीजहरूका बारेमा बताउँदैछौं जुन तपाईले बिहान खाली पेटमा खान हुने र नहुने का बारेमा बताउँछौं । खाली पेटमा खान नहुने यी चिजहरुमा एसिडि हुने चीजहरू हुने गर्दछ । खाली पेटमा अम्लीय कुनै पनि खानेकुरा खाँदा पेट र आन्द्रामा असर पर्छ र संक्रमणको खतरा रहन्छ । यी चिजहरु खाली पेटमा खानुहोस्:
अण्डा:
अण्डामा धेरै प्रोटिन पाईन्छ । अण्डामा भिटामिन ए, डी, बी–१२, रिबाफ्लेविन, फस्फोरस, फोलेटलगायत तत्वहरु पाइन्छ । यी तत्वले शरीरलाई दाह्रो राख्ने, दिमाग तेजिलो बनाउन र आँखाको ज्योति बढाउने काम समेत गर्दछ । बिहानको खाजामाअण्डा खाँदा दिनभर पेट भरिएको महसुस हुन्छ र तपाईलाई धेरै उर्जाका साथ फूर्तिलो पनि महसुस गर्नु हुन्छ।
मेवा/पपिता/ पापाया:
मेवालाई उत्कृष्ट सुपर फुडको रुपमा लिने गरेको छ। हरेक सिजनमा पाइने मेवालाई बिहानको खाजामा खान सक्नुहुनेछ । यसले तपाईंको कोलेस्ट्रोल कम गर्नुका साथै हृदय रोगबढ्नबाट रोक्न मद्दत गर्द्छ।
पानीमा भिजेको बादाम:
बिहान उठ्ने बित्तिकै खाली पेटमा ४ वटा दाना भिजाएको बदामको बोक्रा निकालेर मात्र खानुपर्छ । यसमा फाइबर, ओमेगा–३ र ओमेगा–६ एसिडले भरपूर बदामलाई रातभर भिजाएर बिहान खाली पेटमा खानुपर्छ ।
ओट्स:
यदि तपाईंले कम क्यालोरी र उच्च पोषणयुक्त खानेकुरा खान चाहनु हुन्छ भने ओटमिल उत्तम खाजा हो। यसले तौल नियन्त्रणमा पनि मद्दत गर्छ ।
स्याउ/एपल:
बिहानको समय एउटा स्याउको सेवनले शरीरलाई आवश्यक उर्जा प्रदान गर्ने बताउँछन् । स्याउबाट शरीरले भिटामिन सी, एन्टीअक्सीडेण्ट र फ्लेवोनाइड पदार्थ पाउने भएकोले यसको सेवन गर्न चिकित्सकहरुले पनि सुझाव दिने गर्दछन् ।
खाली पेटमा यी चिज कहिल्यै भुलेर नखानुहोस् :
टमाटर:
टमाटरको एसिडिक गुणले पेटमा रहेको ग्यास्ट्रोइंटेस्टाइनल एसिडसँग प्रतिक्रिया गरेर जेल बनाउँछ जसले पेट दुख्ने समस्या निम्त्याउँछ। त्यसैले बिहान खाली पेटमा यसको सेवन गर्नु हुदैन।
दही:
दही स्वास्थ्यका लागि निकै फाइदाजनक भए पनि भोको पेटमा खानु हुन्न । यसमा ल्याक्टिक एसिड हुन्छ। जसका कारण बिहान दही खाँदा त्यती फाईदा गर्दैन।
सोडा:
हामीलाई थाहा छ सोडामा उच्च गुणस्तरको कार्बोनेट एसिड पाइन्छ। जब यो चीज पेटमा रहेको एसिडसँग मिसिन्छ। यसले पेट दुख्ने जस्ता समस्या निम्त्याउँछ। त्यसैले बिहान बेलुकी खान कसैलाई सल्लाह दिनु हुन्न ।
सुठुनी:
सुठुनीमा पेक्टिन, टेनिनको मिश्रण हुन्छ । यसले ग्याष्ट्रिक एसिड, पेटमा र टाउकोमा दुःख दिन्छ ।
आँप
आँपले रगतमा शुगर लेवल अत्याधिक बढाउछ। डायबिटीज भयेको बिरामीलाई हानी पुगाउछ। त्यसैले आँपलाई खाली पेटमा सेवन गर्नु राम्रो होईन।
नाशपाती
नाशपातीलाई फाइबरको राजा मानिन्छ तर खाली पेटमा सेवन गर्नु नुकसान हुन सक्छ। यस्ले शरीरको पाचन प्रक्रिया खराब गर्न सक्छ।
केला
केलालाई खाली पेटमा खानु भयो भने हाम्रो पाचन सम्बन्धि समस्या उत्पन्न गर्न सक्छ । अरु पनि नोकसान गर्न सक्छ । त्यसैले केलालाई भुलेर पनी खाली पेटमा खानु हुन्न।
अंगूर /सुन्तला/ मौसमी/ लिची
अंगूर /सुन्तला/ मौसमी/ लिचीहरु साइट्रस फल हो, यसमा पर्याप्त मात्रामा एसिड पाउछ। एसिड भयेको फललाई खाली पेट भुलेर पनी सेवन न गर्नु होला। यसले गैस्ट्रिक अल्सर र पेटमा पोल्ने दुख्ने र ग्यास को समस्या पनी हुन सक्छ।
नोट: अंगूर , सुन्तला, मौसमी, लिची, केला, सुठनी, नाशपाती ईत्यादि खानु मनै लाग्यो भने खाजा पछी खान उप्युक्त हुन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार