कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बित
नेपालबहस संवाददाता
भदौ २९, २०७९ बुधबार १४:३६:३७
२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बनमा परेका छन् । मन्त्री चौधरीसहित बाराका पूर्वसभासद राधेचन्द्र यादव र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवसमेत निलम्बनमा परेका छन् ।
नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराले मन्त्री चौधरीसहित यादवद्वयलाई निलम्बन गरेको हो । स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउन अन्तर्घात गरेको उजुरीको आधारमा सहमहामन्त्री एवं खानेपानी मन्त्री चौधरी, पूर्वसभासद यादव र क्षेत्रीय सभापति यादवलाई जिल्ला अनुशासन समितिको बैठकको निर्णय अनुसार साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराका संयोजक अरूणकुमार यादवले बताए ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (ख) बमोजिम पार्टीको साधारण सदस्य समेत नरहने गरी मन्त्री चौधरी र यादवद्वयलाई निलम्बन गरिएको संयोजक यादवले बताए । संयोजक यादवकाअनुसार मन्त्री चौधरीले नेपाली कांग्रेसका सिम्रौनगढ नगरपालिकाको मेयर पदका उम्मेदवार विजयशंकर यादवलाई पराजित गर्न लोसपाबाट मेयर पदमा उम्मेदवार बनेका किशोरीप्रसाद कलवारलाई विजयी गराउन सहयोग गरेको आरोप छ ।
पूर्वसभासद यादव र क्षेत्रीय सभापति यादवले महागढीमाई नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्रप्रसाद यादवको विरुद्धमा सोही नगरपालिकामा जसपाबाट मेयर पदका उम्मेदवार रामबाबु यादवको क्याम्पमै गएर मत मागेको र मत दिलाउन लगाएकाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको अनुशासन समितिका संयोजक यादवले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार