दुर्घटनाबाट जोगियो १ सय ८४ यात्रु बोकेको नेपाल बायुसेवा निगमको वाइडबडी जहाज
नेपालबहस संवाददाता
भदौ २९, २०७९ बुधबार १५:४८:५३
२९ भदौ, काठमाडौं । जापानका लागि उडेको नेपाल बायुसेवा निगमको वाइडबडी जहाज उठकोकेही समयमा नै काठमाडौं फर्काएर अवतरण गरिएको छ । १ सय ८४ यात्रु बोकेर जापानको नारिताका लागि उडेको निगमको वाइडबडी जहाजको कार्गो सामान राखिने कम्पार्टमेन्टमा धुवाँ देखिएपछि काठमाडौंमै फर्काइएको हो ।
मंगलबार राति ११ बजे नारिताका लागि उडेको आरए ४३३ उडान नम्बरको उडान काठमाडौं विमानस्थल छाडेको आधा घण्टामै फर्किएको थियो । ‘कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको ककपिटमा संकेत देखिएपछि चालकदलले जहाज काठमाडौं नै फर्काएका थिए । समस्या देखिँदा जहाज नेपालकै आकासभित्र रहेको बताइएको छ ।
चालकदलले जहाज काठमाडौंमा अवतरण गएपछि निगमले अर्को जहाज नभएका कारण ती यात्रुहरूलाई राति सिनामंगलमा रहेको एयरपोर्ट होटल र ज्ञानेश्वरको काभेरी इन होटलमा राखेको थियो । प्राविधिकहरूले उक्त जहाजलाई राति नै मर्मत गरेर ती यात्रुलाई बुधबार बिहान त्यही जहाजमा नारिता उडाउने तयारी गरिरहेको निगमको विमानस्थल कार्यालयले जनाएको छ ।
जापानमा रहेका एक नेपालीका अनुसार, त्यहाँको स्थानीय समयअनुसार राति ८ बजे नारिताबाट फर्किने तालिका रहेको छ । त्यहाँ २ सय ४६ जना यात्रु रहेका छन् । त्यो वाइडबडी काठमाडौं फर्केर बुधबार राति दक्षिण सुडान जाने तालिका रहेको छ । काठमाडौं नारिता एकतर्फी करिब ७ घण्टा उडान समय लाग्छ । यस घटनाबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टर्मिनल कार्यालयले भने कुनै जानकारी नभएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन
पुष २८, २०८१ आइतबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार