माधव नेपालले सुनाए टिकट वितरणको पीडाः ‘पाउनेले जित्ने छैन भर, नपाउनेले पार्टी छाड्ने डर’
नेपालबहस संवाददाता
भदौ २९, २०७९ बुधबार २३:५:०
२९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा टिकट व्यवस्थापन गर्न पार्टीभित्र समस्या भइरहेको दुखेसो गरेका छन् ।
उनले पार्टीभित्र टिकटका लागि आफुले चर्को दवाव झेलिरहेको बताएका छन् । अध्यक्ष नेपालले वृद्धावस्थामा पुगेका र उठेर हिड्नसमेत नसक्ने नेताहरूले समेत उम्मेदवार बन्न दाबी गरेको र उनीहरूलाई व्यवस्थापन गर्न मुस्किल भइरहेको बताए ।
बुधबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा उनले निर्वाचनमा टिकट लिनका लागि नेताहरूले चर्को दाबी गरिरहेको भन्दै त्यसको व्यवस्थापन गर्न पार्टीलाई समस्या भइरहेको बताए । दाबी नगरे पनि हुन्थ्यो भन्ने नेताहरूले पनि चर्को रुपमा उम्मेदवार बन्न दाबी गरेको उनको भनाइ थियो ।
नेता नेपालले भने, ’सबैलाई टिकट चाहिएको छ । अब टिकट नपाउने हो भने कता जाने हो थाहा छैन । सबैको चाहना हेर्ने हो भने आकाशिएको छ । सबै एकदम काबिल भएर आएका छन् । को काबिल छ, को काबिल छैन ? त्यो छुट्टयाउने आधार मैले बनाउन सकिरहेका छैनौं । दाबी नगरे पनि हुन्थ्यो नि भन्ने पनि चर्को दाबी गरिरहेका छन् । उठेर दुई कदम हिँड्न सक्दैन, बिचरा बूढो भइसक्यो । तैपनि मर्ने बेलामा एकचोटी त पाऊँ, अरु केही भएन भने नाम भए पनि त्यहाँ टाँसिन पाऊँ । के होला, कस्तो गाह्रो ?’
अध्यक्ष नेपालले ती आकांक्षीहरुमा टिकट नपाउने हो भने बेहोस् हुने हो कि भन्ने आफूलाई चिन्ता लागेको भन्दै कटाक्ष गरे । यसैबीच अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरुलाई कुनै व्यवसाय वा रोजगारीमा जोडिन पनि पटकपटक सचेत गराएका थिए । त्यसका लागि सहकारीको अवधारणा सबैभन्दा उपयुक्त रहेको उनको सुझाव थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार