ब्रोडवे इन्फोसिसले आइसिटी अवार्डमा ट्रेनिंङ पार्टनरको रुपमा सहकार्य गर्ने
नेपालबहस संवाददाता
भदौ २९, २०७९ बिहिबार ०:५२:४७
२९ भदौ, काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि ट्रेनिंङ पार्टनरको रुपमा ब्रोडवे इन्फोसिस रहने भएको छ । मंगलवार ब्रोडवे इन्फोसिस सिइओ राजु अधिकारी र आइसिटी अवार्डका संयोजक राजन लम्सालबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
आइसिटी अवार्ड २०२२ को ‘ट्रेनिंङ पार्टनरको’को रुपमा ब्रोडवेले अवार्डमा सहभागी बिद्यार्थीको लागि डिजिटल स्किल डेभलपमेन्टको लागि पनि सहयोग गर्नेछ । ब्रोडवे इन्फोसिस अग्रणी आइटी ट्रेनिंङ कम्पनी हो, जसले सन् २००८ देखि प्रोफेसनल कोर्सहरु मार्फत १० हजार बढी बिद्यार्थीलाइ स्किल बिकास गर्दै सर्टिफाईड र जब प्लेसमेन्टमा काम गरिसकेको छ ।
कम्पनी आइएसओ ९००१ / २०१५ बाट सर्टिफाइड भएर बजारमा अग्रणी ट्रेनिंङ कम्पनिको रुपमा काम गरिरहेको कम्पनीले विदेशमा रहेका बिद्यार्थी तथा प्रोफेसनलको लागि पनि अनलाइन तालिमहरु प्रदान गरिरहेको छ । ब्रोडवेमा ७० बढी दक्ष प्रोफेसनल मार्फत अफलाइन तथा अनलाइनमा १०० बढी कोर्षहरु संचालन गरिरहेको छ । कम्पनीले बिध्यार्थीसँगै सरकारी तथा निजि कर्मचारीहरुको लागि विभिन्न तालिमहरु संचालन गर्दै आएको छ ।
सन् २०१६ बाट सुरु भएको ‘आइसिटी अवार्ड’को सातौं संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रकृया सुरु भएको छ । यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको लागि ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२’ पनि आयोजना हुदैछ । लिभिङ विथ आइसिटीको मुख्य आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुने आइसिटी अवार्डको छनौट प्रकृयामा १३ जना बिज्ञ जुरी सदस्य र १५ जना बिशिस्ट सल्लाहकारहरु रहेका छन ।
यस वर्ष साउथ एसिया वाहेक अन्य ११ विधामा ४०० बढिको नोमिनेसन प्राप्त भएको छ भने साउथ एसिया अवार्डको लागि सेक्टेम्बर ३० तारिखसम्म नोमिनेसन खुल्ला रहेको छ । आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ ९२३ डिसेम्बर, २०२२० गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ । यसैगरी प्रि इभेन्ट क्याम्पियनको रुपमा कार्तिक तेस्रो साता देशैभरीका १०० भन्दा बढि डिजिटल स्टार्टअपहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रुपमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार