दशैं तिहारमा लेभलिंग योजना सार्वजनिक, ५ लाखसम्म छुट पाइने
नेपालबहस संवाददाता
भदौ २९, २०७९ बिहिबार १:२४:२६
२९ भदाै, काठमाडाैं । नेपाली कर्पोरेट हाउसको इतिहासमा ३१ वर्ष पुरानो र नेपाल भरिको सबै ग्राहकको विश्वास जित्न सफल ग्रुपको रुपमा परिचित कम्पनी बज्र ग्रुप हो। विश्वको विभिन्न प्रसिद्ध ब्राण्ड नेपालमा ३१ वर्षदेखि बिक्री गर्दै आएको बज्र ग्रुपअन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले लेभनिङ ब्रान्डको इलेक्ट्रिक स्कुटरमा दशैँ अफर ल्याएको छ।
लेभलिंगको सफर दशैँ तिहारमा डबल अफर भन्ने स्किम सञ्चालनमा ल्याएको हो । यस स्किममा घर मै बसेर एसएमएस EVNEPAL?space>1111 and send it to 35001 बाट १ लाखसम्म छुट पाउन सक्ने कम्पनीले जानकारी दिएको छ। शोरुम गएर शोरुमले दिएको कोडमा एसएमएस गरेर फेरि छुट पाउन सकिने छ।
यसमा २ चोटी एसएमएसमार्फत डबल छुट पाउन सकिनेछ। जसमा ७ हजार देखी ५ लाखसम्म छुट रकम म्यासेजमा आउने छ र म्यासेजमा आएको रकम हेरेर स्कुटर किन्दा कम्पनीले छुट दिनेछ। यसका साथै नबिल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिने छ। कुनै पनि पेट्रोल बाइकसँष सजिलै एक्सचेन्ज हुने छ।
जर्मन कम्पनीको बोस्चको मोटर्स प्रयोग गरिएको स्कुटर हो। फुल चार्जमा राम्रो माइलेज दिने हुनाले ग्राहकको माग बढदो छ । यस स्कुटरको ब्राण्ड एम्बासेडरमा मिस इन्टरनेशनल २०१७ की उपाधि विजेता नीति साह छिन्। लेभलिंग इलेक्ट्रिक स्कुटर चढेपछि खर्चको वचत हुने, पेट्रोल हाल्न नपर्ने, सर्भिस र पार्ट्समा खर्च नहुने वातावरण स्वच्छ हुने हुनाले कम्पनीले यो दशैँ स्किम ल्याएको हो। यो योजना प्रारम्भ भइसकेको र नजिकको लेगलिंग इलेक्ट्रिक स्कुटरको शोरुममा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।
एलएक्स ०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजारदेखि ५ लाख ५९ हजार रुपैयाँसम्म छ।
बुधबार काठमाडौंको नक्साल, टेकु, भैसेपाटी , बाफल, गहबहाल,भक्तपुर, बनेपा, बुटवल, सुर्खेत, जनकपुर, बिर्तामोडलगायत नेपाल भरिको शोरुममा सम्पर्क गर्न सकिने कम्पनी जानकारी दिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार