चिनियाँ जनकंग्रेसका अध्यक्ष लीको नेपाल भ्रमणः आशा धेरै, उपलब्धि थोरै
नेपालबहस संवाददाता
भदौ ३०, २०७९ बिहिबार २०:३८:५८
३० भदौ, काठमाडौं । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु चारदिने नेपाल भ्रमण सकेर बिहीबार फर्किएका छन् । चारदिनको नेपाल बसाइमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसहित प्रधामन्त्री शेरबहादुर देउवा र विभिन्न दलका नेताहरुसँग भेट वार्ता गरे । ली नेपाल आउँदा धेरै विषयमा छलफल हुने अपेक्षा गरिएको थियो ।
उनी नेपाल भ्रमण सकेर फिर्ता भएकै दिन तालोपानी र केरुङ नाका सीमित रुपमा भएपनि खुले । यसबाहेक अन्तरसंसदीय सहयोगसम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भयो । यस बाहेक ली नेपाल आएपछि आउने राजनीतिक उतावचढावका विषयमा देखाइएको चासोप्रति खासै सम्बोधन नभएकै देखियो । उनले नेपालको भूमि भएर चीनको राष्ट्रिय सुरक्षामा खलल पुग्नसक्ने विषयलाई आफ्नो भ्रमणको मुख्य उदेश्य बनाए ।
नेपाल सरकारले अमेरिकी प्रोजेक्ट एमसीसी पारित गरेपछि अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएकाे र यो एक सैन्य रणनीति अन्तर्गत रहेको भन्दै उसले अमेरिकाबाट चीन प्रशाशित तिब्बतमा खेल्नसक्ने विषयलाई मात्रै अध्यक्ष लीले चासो दिए । उनले यसपटक नेपालका बामपन्थीहरुमा चुनावी एकताका लागि खासै दवाव सिर्जना गरेको देखिएन । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँगको भेट बाम एकताको कुरा उठाएको भए ओलीले नगरे पनि प्रचण्डले सार्वजनिक गरिसक्थे ।
प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले बीआरआई अन्तरगतका आयोजनाहरूलाई निरन्तरता दिन र छिटो भन्दा छिटो ती आयोजनाहरूको कार्यान्वयनका आग्रह गर्दा लीले नसुनेझै गरे । अघोषित रुपमा गरिएका सीमा नाकाको विषयमा भने कति समयका लागि उनी फर्किएकै दिनबाट आंशिक सुचारु भएको छ । सन् २०१३ मा सी जिनफिङ चीनको राष्ट्रपति भएपछि उनको नेतृत्वको सरकारले विश्व विकास रणनीतिको निम्ति वेल्ट एण्ड रोड इनिसिएटिभ अवधारणा प्रस्तुत गरेको थियो ।
वर्तमान यूगको विचार, प्रविधि, र सांस्कृतिक आवश्यकतासंग मेलखाने गरी उच्च तहमा विकास गर्ने, सम्बन्धित राष्ट्रहरु एकसाथ विकास, सहअस्तित्व र सांस्कृतिक उत्थानमा सहभागि हुने महत्वाकांक्षी परियोजना थियो, बीआरआइ । खासगरी आधुनिक सडक, रेल, जल र हवाइ यातायात, सञ्चार, उर्जा, लगायत पूर्वाधार क्षेत्रको विकास, आपसी व्यापार, लगानीका विषयहरु बीआरआईले समेटेको छ ।
यस अन्तरगत विश्वको कुल ३० प्रतिशत जीडीपी, ६२ प्रतिशत जनसंख्या र ७५ प्रतिशत पहिचान भएको उर्जाको श्रोत रहेको छ । सम्बन्धित देशहरु र अन्तर्राष्ट्रिय संस्थाहरुले एकसाथ काम गरेर सन् २०४९ सम्म परियोजना सम्पन्न गर्ने लक्ष रहेको छ । तर, चीनसँग यो सम्झौता भएको लामो समय वितिसक्दा पनि कार्यान्वयमा आएको छैन् ।
सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु चारदिने भ्रमणमा नेपाल थिए । चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र लीको भ्रमणले नेपाल चीनको उच्च प्राथमिकतामा रहेको प्रस्ट सन्देश दिएको छ । लीको भ्रमणका क्रममा नेपालको प्रतिनिधिसभा र चीनको जनकंग्रेसबीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ ।
नेपालको संसद्सँग सहकार्यको समझदारी गरेर उत्तरी छिमेक चीनले बहुआयामिक सम्बन्धको दायरालाई थप विस्तार गर्न खोजेको देखाएको छ । भूराजनीतिक प्रतिस्पर्धाकै कारण चीनबाट नेपालमा एकपछि अर्को उच्च तहका भ्रमण भइरहेको विज्ञको बुझाइ छ । त्यसैको एउटा महत्वपूर्ण बिन्दुका रूपमा अध्यक्ष लीको भ्रमणलाई लिइएको थियो । चीनको महत्वपूर्ण र संवेदनशील भूमि तिब्बतसँग सीमा जोडिएको नेपालमा भारतसँगै पछिल्लो समय अमेरिकाको पनि सक्रियता बढेको लीले उठाएका थिए ।
चीनको राष्ट्रिय सुरक्षा र एउटै विचार समूहमा रहेका कम्युनिस्ट पार्टीहरूबीचको सहकार्य भ्रमणको मुख्य एजेन्डा रहेको अनुमान भूराजनीतिज्ञहरूको थियो । उनीहरूका अनुसार लीको भ्रमणका दौरान चीनमा अर्को महिना हुने चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औं जनकंग्रेसका विषयमा पनि विचार आदानप्रदान रहेको थियो । नेपाल र चीनका वामपन्थीले रोडम्याप बनाएर अघि बढ्न खोजेको अनुमान गरिए पनि लीको यो भ्रमणले त्यसलाई पुष्टि गर्न सकेन् ।
सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमण रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले सोमबार अन्तरसंसदीय सहयोग सम्बन्धी ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । ली सापकोटाकै निमन्त्रणामा चारदिने नेपाल भ्रमणमा आएका हुन् । गणतन्त्र आएपछि पनि नेपालमा सरकार बन्ने र ढल्ने क्रम उस्तै रहेका बेला चीनले यहाँका कम्युनिस्ट पार्टीहरूसँग सहकार्य सुरु गरेको थियो ।
२०७४ सालमा एमाले र माओवादी केन्द्रलाई मिलाएर नेपालको इतिहासमै सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी नेकपा बनाउन चीनले ‘सहजीकरण’ गरिदिएको थियो । तत्कालीन नेकपा आन्तरिक विवादमा गुज्रिएका बेला मिलापका लागि चिनियाँ अधिकारीले सक्रियता बढाएका थिए । तर पछि सर्वोच्च अदालतले एमाले र माओवादीलाई पुरानै अवस्थामा पुग्ने फैसला गरिदियो ।
त्यसपछि गत असारमा भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानछाओले सुन्दरीजलस्थित बीपी संग्रहालय अवलोकन गरेर कांग्रेससँग सुमधुर बनाउन खोजेको सन्देश दिए । कांग्रेसका तत्कालीन सभापति बीपी कोइरालासँग सन् १९६० मै सीपीसीका तत्कालीन अध्यक्ष माओत्सेतुङले सम्बन्ध स्थापित गरेको भए पनि त्यसले निरन्तरता पाएको थिएन । अमेरिका शक्तिशाली रूपमा नेपालमा प्रवेश गरिरहेकाले पनि चीनले नेपालमा सहकार्यलाई प्राथमिकता दिएको जानकारहरु बताउँ छन् ।
चीनको असन्तुष्टि र विरोधका बाबजुद पनि नेपालले संसद्बाट अमेरिकी अनुदानको एमसीसी सम्झौता अनुमोदन गरेको थियो । सम्झौता अनुमोदनको ६ महिनामै बेइजिङले यहाँको संसद्सँग सहकार्य गर्न चाहेको थियो । चिनियाँ राष्ट्रपतिबाट २३ वर्षपछि २०७६ असोज २५–२६ मा नेपाल भ्रमण भएको थियो ।
राष्ट्रपति सी चिनफिङले झन्डै दुई तिहाइ बहुमत प्राप्त नेकपा सरकारसँग सहकार्य गरेका थिए । उनले सीपीसीका तत्कालीन विदेश विभाग प्रमुख सोङ ताओलाई नेपाल पठाएर नेकपा–सीपीसी सहकार्य गर्ने समझादारी गराएका थिए । तर त्यो समझदारी नेकपा भंग भएसँगै अलपत्र परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार