मुक्तिनाथ बैंकको फेदीखोलामा वित्तीय साक्षरता, ‘लघुवित्त लगानीमा दक्षिण एसियामै नेपालमा सस्तो ब्याजदर’
नेपालबहस संवाददाता
भदौ ३०, २०७९ शुक्रबार ३:४१:३७
३० भदौ, स्याङ्जा । मुक्तिनाथ विकास बैंक फेदीखोला शाखाले आयोजना गरेको वित्तीय साक्षरतामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले कमाएर मात्रै नभएर बचत गर्ने बानीको विकास गर्न महिलाहरुलाई आग्रह गरेका छन् । उनले मान्छेले कमाएर मात्रै नभएर बचत गर्ने बानीको विकास भएमात्रै धनी बन्न सकिने बिचार व्यक्त गरे ।
मानिसमा आधुनिकतासँगै दैनिक खर्चको दर बढेको बताउँदै बैंक प्रमुख पोखरेलले खर्चको दर बढ्दै गएपनि त्यसलाई नियन्त्रण गरेर बचत गर्ने बानीको विकास गर्नुको विकल्प नरहेको सुनाए । फजुल खर्चलाई नियन्त्रण गर्दै बचत गर्ने बानीको विकास गरेमात्रै आर्थिक प्रगति हुने पोखरेलको भनाई थियो ।
लघुवित्त क्षेत्रमा बैंकले चर्को ब्याज लिने गुनासो आईरहेको प्रति चासो व्यक्त गर्दै प्रमुख पोखरेलले नेपालमा स्थापित बैंकले लघुवित्त संचालनमा रहेका दक्षिण एसियाका देशमध्ये नेपालमा सस्तो ब्याजदरमा कर्जा लगानी गरेको दाबी गरे । एसियाका अन्य मुलुकमा चर्को ब्याजदर छ तर नेपालमा अन्यको तुलनामा सस्तो ब्याजदर रहेको प्रमुख पोखरेलले बताए ।
कार्यक्रममा फेदीखोला गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष कृष्ण बहादुर रानाभाट, वडा नं. १ का वडाध्यक्ष अमृत क्षेत्रीले महिला समूह गठन गरेर बैंकले समूह जमानतमा गरेको लगानीले महिलालाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
वित्तीय साक्षरता कार्यक्रममा मुक्तिनाथ विकास बैंकका उप–क्षेत्रिय कार्यालय स्याङ्जाका प्रमुख नबिन काफ्ले, अनुगमन अधिकृत बालकृष्ण रेग्मीले महिलाहरुलाई आर्थिक रुपमा विकसित बनाउन सकेमात्रै समाज परिवर्तन हुने बताए । जति मिठा भाषण गरेपनि महिलाको आर्थिक अवस्था सुधार नगरेसम्म समाज परिवर्तन गर्न नसकिने उनहिरुले जिकिर गरे ।
त्यस अवसरमा मुक्तिनाथ कृषि कम्पनीका बजार प्रबन्धक धनीराम शर्माले परम्परागत कृषि प्रणालीलाई परिवर्तन गराउन कम्पनीले प्रविधिमा जोड दिएको बताए । प्रविधिको प्रयोग विना उत्पादन बढाउन नसकिने उनको भनाई थियो । कृषिमा प्रविधि भित्र्याउन कृषकसँग सहकार्य गर्न कम्पनी तयार रहेको उनले जानकारी गराए ।
बैंकको लघुवित्त विभाग अन्र्तगत गठित महिला सदस्य कलावती बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सरस्वती रेग्मीले गरेकी थिईन् । त्यस अवसरमा बैंकका फेदीखोला शाखाका प्रमुख खुमबहादुर घर्तीले स्वागत तथा शाखाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
मुक्तिनाथ विकास बैंक फेदीखोला शाखा अन्र्तगत गठित ८५ महिला समूहमा करिब १८ सय महिला सदस्यहरु आबद्ध छन् । समूहमा आबद्ध महिलालाई झण्डै १६ करोड लगानी गरेको बैंकले जनाएको छ । बैंकले स्याङ्जाको फेदीखोला गाउँपालिका र पुतलीबजार नगरपालिका सहित कास्कीको पोखरा महानगरपालिका वडा नं. २१ र २२ मा सेवा प्रबाह गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना दिवसः सधैँ झस्काइरहन्छ आफन्तलाई
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
परराष्ट्रमन्त्री नहुँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुन सकेन
मंसिर २, २०८१ आइतबार
आँबुखैरेनी अस्पतालले दियो एक सय १७ महिलालाई प्रसूति सेवा
मंसिर २, २०८१ आइतबार
प्रधानमन्त्री मोदीको नाइजेरिया भ्रमणसँगै भारतले पश्चिम अफ्रिकामा आफ्नो पहुँच बढाउदै
मंसिर २, २०८१ आइतबार