महानगरले हटलाइन सुरु गर्यो, डेङ्गु सङ्क्रमितलाई निशुल्क एम्बुलेन्स र स्वास्थ्य परामर्श
नेपालबहस संवाददाता
भदौ ३१, २०७९ शुक्रबार १२:४६:५७
३१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले डेङ्गु सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि हटलाइन सेवा सुरु गरेको छ । महानगरले २४ घण्टे हटलाइन र स्वास्थ्यकर्मीहरुबाट परामर्श सेवा सुरु गरेको हो ।
महानगरका प्रमुख बालेन शाहले डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि भइरहेका प्रयासलाई थप बिस्तार गर्दै दुवै सेवा सुरु गरिएको बताएका छन् । डेङ्गु नियन्त्रणबारे महानगरले सुरु गरेको सेवाबारे उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा भनेका छन्, “२४ घण्टे हटलाइन सुरु गरेका छौं, सङ्क्रमित भए वा भएको शङ्का लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीबाट नै परामर्श पाउन सक्नुहुनेछ ।” उनले आवश्यक भए १०२ मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा पनि लिन सकिने बताएका छन् ।
उनले डेङ्गु विरुद्धमा टोल टोल वा समुदायीकरुपमा नै सक्रिय भएर लाग्न सबैमा अपील गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनालाई जीवितै उद्धार गरियो
पुष १०, २०८१ बुधबार
बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता
पुष १०, २०८१ बुधबार