तीन महिनामा ५० करोडको प्लाइउड विदेश निर्यात
नेपालबहस संवाददाता
भदौ ३१, २०७९ शुक्रबार १६:५३:४३
३१ भदौ, सुरुङ्गा ‘झापा’ । नेपालबाट प्लाइउड भारतसहित विभिन्न देशमा निर्यात हुँदै आएको छ । नेपाल भेनियर उत्पादक संघ झापाका सचिव दिनेश चापागाईँका अनुसार नेपालमा ७९ वटा प्लाइउड उद्योग दर्ता रहेका छन् ।
तीमध्ये सञ्चालनमा रहेका ६३ वटा उद्योगले उत्पादन गरेको प्लाइउड भारतसहित विभिन्न देशमा निर्यात हुँदै आएको सचिव चापागाईँले बताए ।पछिल्लो तीन महिनामा मात्रै नेपालले रु ५० करोडको प्लाइउड विदेश निर्यात गरेको छ । मुलुकमै सबैभन्दा धेरै प्लाइउड उद्योग झापामा छन् । झापामा मात्रै १६ उद्योग सञ्चालनमा रहेको सचिव चापागाईले बताए ।
त्यस्तै मोरङ र सुनसरीमा १४ उद्योग सञ्चालनमा रहेको र देशभर ६३ प्लाइउड उद्योगले प्लाइ उत्पादन गर्ने गरेको उनको भनाइ छ । नेपालमा खपत पर्याप्त भएर पनि जेठ, असार र साउन महिनामा मात्रै रु ५० करोड बराबरको प्लाइ विदेश निर्यात गरेको उनको भनाइ छ ।
विशेषगरी नेपालमा उत्पादित प्लाइ भारतको महाराष्ट्र, कर्नाटक, राजस्थान, जयपुर, बैङ्लोर, उत्तर प्रदेशमा धेरै खपत हुने गरेको नेपाल भेनियर उत्पादक सङ्घ झापाले जनाएको छ । प्लाइ काठबाट तयार पारिन्छ । यसलाई विशेषगरी फर्निचर, कोठाको पार्टेसन, सजावटका सामग्री र झ्यालढोका बनाउनसमेत प्रयोग गरिँदै आएको छ ।
हाल काठमा आधारित वस्तुको माग विदेशमा पनि बढिरहेका बेला प्लाइउडले विदेशी मुद्रा आर्जनमा सहयोगी भूमिका निर्वाह गरेकाले प्लाइउडमा आधारित उद्योगलाई राज्यले सहगोग पु¥याउनुपर्ने नेपाल भेनियर उत्पादक सङ्घ झापाका अध्यक्ष दीपक पाण्डेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १८, २०८१ मंगलबार
आज अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
मंसिर १८, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १८, २०८१ मंगलबार
आजको मौसमः उच्च पहाडी तथा हिमाली भू भागमा हिमपात हुने
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
मंसिर १८, २०८१ मंगलबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार