उजाडिँदै ओली-प्रचण्ड सम्बन्ध, एकअर्काका कमजाेरी बने जित्ने र हराउने चुनावी मुद्दा
नेपालबहस संवाददाता
भदौ ३१, २०७९ शुक्रबार १७:५७:३२
३१ भदौ, काठमाडौं । आम निर्वाचन २०७९ नजिकिँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीचको सम्बन्ध थप उजाडिन थालेको छ । उनीहरु एकअर्काका कम्जोरीलाई चुनावी मुद्दा बनाएर आरोपप्रत्यारोपमा उत्रिएका छन् । पछिल्ला दिनहरुमा दुई अध्यक्षको विवाद पार्टी प्रतिस्पर्धामा समेत आइपुगेको छ । २०७४ को आम निर्वाचन सँगै चुनावमा गएका एमाले र माओवादीले पछि पार्टी एकता गरी नेकपा बनाएका थिए ।
दुई अध्यक्ष प्रणाली अबलम्बन गरी एक नम्बरको अध्यक्ष बनेका ओलीले दोस्रो वरियतामा बसेका दाहालसँग गरेको आलोपालो प्रधानमन्त्रीको गोप्य सम्झौता कार्यन्वयन नगरेपछि उनीहरुबीच विवाद सुरु भएको थियो । यही विवादका कारण नेकपा विभाजित भएको मुद्दा अदालत पुगेपछि सर्वोच्चले उनीहरुलाई पुरानै नेकपा एमाले र नेकपा माओवादीमा फर्काइ दिएको थियो । त्यसै समयदेखि यी दुई अध्यक्षबीच विग्रिएको सम्बन्धमा सुधार आउनुको सट्टा थप बिग्रदै गएको छ ।
नेपाली कांग्रेससँगको गठबन्धन तोडेर २०७४ को आम निर्वाचनमा एमाले अध्यक्ष ओलीसँग साँठगाँठ गरी चुनावी गठबन्धन गर्न पुगेका माओवादी अध्यक्ष प्रचण्ड अहिले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमै आइपुगेका छन् । उनले नेतृत्व गरेको नेकपा माआवादीसहित पाँच दलीय गठबन्धनको नेतृत्व कांग्रेस गरेको छ भने यही गठबन्धनलाई आगामी निर्वाचनसम्म लाने भन्दै सीट भागबण्डमा जुटेका छन् ।
गठबन्धकै बलमा माओवादीका अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई नेपालको पहिलो कम्युनिष्ट पार्टी बनाउने चाहना राखेका छन् । गठबन्धनमा उचित सीट बाँडफाँड भएर मतदान पनि गठबन्धनको निर्देशनअनुसार भए एमाले थोरै सीटमा खुम्चन सक्ने आंकलन उनको छ । सम्भव भएसम्म माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता नै गर्ने सोचमा रहेको पनि प्रचण्डले बताइसकेका छन् ।
माओवादीलाई ठूलो पार्टी बनाउने उदश्यमा जुटेका उनले एमाले अध्यक्ष ओलीका कम्जोरीहरुलाई राजनीतिक र चुनावी मुद्दा बनाउन खोजिरहेका छन् । गठबन्धनमा भनेजस्तो भए ओलीलाई झापा क्षेत्र नं ५ बाट हराउने उदेश्य उनको छ । यता, एमाले अध्यक्ष ओलीले पनि माओवादी र नेकपा एसलाई आगामी निर्वाचनमा थ्रेसहोल्डसमेत कटाउन नदिने रणनीति बनाइरहेका छन् । भरसक गठबन्धन फुटाएर एक्लाएक्लै चुनाव जाने वातावरणको खोजिमा ओली छन् ।
ओलीले कांग्रेससँग आलोपालो सरकार बनाउने सहमति गरेर भएपनि एक्लाएक्लै चुनावमा जाने वातावरण मिलाउन केही शक्तिकेन्द्रहरुसँग गुहार मागेका समाचारहरु पनि आइरहेका छन् । यति मात्र हैन ओली पनि माओवादीका अध्यक्ष प्रचण्डलाई चितवन क्षेत्र न. ३ बाट हराउने कसरतमा छन् । गठबन्धन कायमै रहेपनि राप्रपासँग सहकार्य गरी चितवनमा राप्रापा उम्मेदवार विक्रम पाण्डलाई जिताउने अवश्वासन ओलीले दिइसकेका छन् ।
पछिल्लो समयमा चुनावी अभियानको दौरानकै क्रममा ओली र प्रचण्डले पार्टीका आगामी नीति र कार्यक्रमभन्दा पनि एकअर्कालाई होच्याउने र आरोप लगाउने विषयमा नै बढी समय खर्चने गरेका छन् । बिहीबार मात्रै माओवादीका अध्यक्ष प्रचण्डले नेकपा नेतृत्वको सरकार रहेका बेला प्र्रधानमन्त्री भएका ओलीले अहिलेसम्मकै प्रधानमन्त्रीहरुमध्ये सबैभन्दा बढी भ्रष्टाचार गरेको आरोप लगाएका थिए । लगत्तै ओलीले दाहाललाई भष्मासुरको संज्ञा दिए ।
उनले प्रचण्डलाई नेपाली राजनीतिको भष्मासुर मात्र नभएर षडयन्त्रकारीसमते भएको आरोप लगाए । अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वप्रधानमन्त्रीहरुमध्ये सबैभन्दा बढी भ्रष्टाचारी भएको आरोप लगाएका थिए । उनले ओलीले मन्त्रत्रालयदेखि हरेक सरकारी कार्यालयमा भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको प्रचण्डको भनाइ थियो । बिहीबार काठमाडौंमा आयोजित नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले तत्कालीन नेकपा सरकारको प्रधानमन्त्री रहँदा ओलीले भ्रष्टाचार गरेको दावी गरेका थिए ।
उनले भने, ‘ म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न भनेर साइनबोर्ड टाँग्ने अनि त्यो साइनबोर्डभित्र भ्रष्टाचार बाहेक अरु केही गर्दै नगर्ने । के कारणले यो भइरहेको छ, यो व्यक्तिको मात्रै दोष हो कि, प्रणालीमा कतै खोट छ भन्ने कुरा सबैले विचार गर्नुपर्छ । प्राणालीमा सुधार गर्न आवश्यक छ । यस्तो प्रणाली जसले भ्रष्टाचार गर्नेलाई ठाउँ नदिओस् ।’ लगत्तै पार्टी प्रवेश कार्यत्रममा ओलीले यसको जवाफ फर्काएका थिए ।
अध्यक्ष ओलीले प्रचण्डले तत्कालीन नेकपामा हुँदा आफूलाई नै भस्म पार्ने षड्यन्त्र गरेको आरोप लगाए । पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफूले पार्टी एकता गर्न बलियो साथ र समर्थन दिए पनि आफूलाई छुरी रोपेको बताएका थिए । उनले पार्टी एकता गरी वामपन्थी बलियो बनाउन आफ्नै छेउमा अध्यक्ष बनाएर राख्दा पनि साधारण सदस्यबाट नै हटाएको दावी गरे ।
ओलीले भने,‘मैले प्रचण्डलाई आउनुस् मित्र एकीकृत पार्टी बनाऔं, बलियो वामपन्थी आन्दोलन बनाऔं, बलियो कम्युनिष्ट पार्टी बनाऔं, समाजवादतर्फ अघि बढाऔं, एकताबद्ध भएर अघि बढाऔं भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ । मैले अंगालो हालेको थिएँ प्रचण्डलाई तर प्रचण्डले हात लुकाइलुकाइ हिँड्थे । म अलि होसियार त थिएँ, नभन्दै मैले अंगालो मार्ने प्रचण्डले ग्वाम्म छुरी रोपे ।’ ओलीले माओवादी केन्द्र पहिल्यै एमालेसँग मिलिसकेको भन्दै अहिले प्रचण्ड गुटले मात्रै पार्टी छोडेर गएको भन्दै गठबन्धन शब्दबाट अहिले आम नागरिकहरु आजित भएको बताए ।
उनले प्रचण्डलाई देश बिगार्ने, लोकतन्त्र सिध्याउने, भ्रष्टाचारलाई प्रश्रय दिने, नातावादी, आफन्तवादी, परिवारवादी र आफ्ना स्वार्थमा कुद्ने नेता भएको आरोप लगाए । ओलीले माओवादी र नेकपा एसलाई चुनावमा परास्त गर्न उताबाट आउने नेताहरुलाई टिकटको आश्वासन पनि दिँदै आएका छन् । पछिल्लो समय ओलीको आश्वासनपछि नेकपा एस र माओवादीबाट केन्द्रीय स्तरकै नेताहरु पनि एमालेमा प्रवेश गरिहेका छन् । यी दुई अध्यक्षबीचको एकअर्कालाई हराउने दुस्मनीले भोली कस्को पल्ला भारी बनाउँने हो त्यो भने भोलीका दिनमा मात्रै भन्न सकिएला ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार