भोलिदेखि एमाले सांसदहरु संसदमा नआउने, बिदाई गर्दै ओलीले दिए चुनावमा खटिन निर्देशन
नेपालबहस संवाददाता
भदौ ३१, २०७९ शुक्रबार १९:३६:३७
३१ भदौ, काठमाडौं । नेकपा एमालेका सांसदहरु भोलिबाट संसदमा उपस्थित नहुने भएका छन् । असोज १ गते मध्यरातदेखि संसदको कार्यकाल सकिने भएकाले उनीहरु संसदमा नआउने भएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरुलाई संसद नगई चुनावका लागि गाउँगाउँमा खटिन निर्देशन दिँदै उनीहरुको बिदाइसमेत गरेका छन् ।
एमाले संसदीय दलको शुक्रबार बसेको बैठकमा ओलीले सांसदका रुपमा खेलेको भूमिकाका लागि धन्यवाद पनि दिए । उनले संकटका बेला पार्टीलाई साथ दिएको भन्दै सरकारले संसदको कार्यकाल लम्ब्याउने प्रपञ्च गरेको तर एमालेका लागि भोलिदेखि संसदको कार्यकाल सकिएकोले संसदमा नजाने बताए । एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ओलीले अब चुनावमा खटिन समेत निर्देशन दिएका छन् ।
आज बसेको संसदीय दलको बैठक यो कार्यकालको अन्तिम बैठक हो । भट्टराईका अनुसार प्रतिनिधिसभाको सुरुवातीकालमा आफू नेतृत्वको सरकारले राम्रो साथ पाएको समीक्षा ओलीले सुनाएका थिए । चुच्चे नक्सा सर्वसम्मत पारित गरी ऐतिहासिक काम गरेको र संसद्ले सरकारलाई अघिल्लो कार्यकालमा राम्रोसँग सघाएको ओलीको भनाइ थियो । संसद्को पछिल्लो कार्यकालमा पार्टी विभाजनलगायत काम भएपनि समग्रमा संसद्को यो कार्यकाल सन्तोषजनक रहेको ओलीले बताएका थिए ।
प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल असोज १ गते सकिन लागेको छ । मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तोकिएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको आयु लम्ब्याउनका लागि निर्वाचन कार्यतालिक परिवर्तन गर्न नसकिने जनाएपछि सरकारले पनि भोली शनिबारबाट संसद अधिवेशको अन्त्य गर्दै सांसदहरुलाई विदाई गर्ने तयारी गरेको छ ।
प्रतिनिधिसभा अन्त्य गर्ने बारे मन्त्रिपरिषदले राष्ट्रपति समक्ष सिफारिस गर्नेछ । राष्ट्रपति पत्र पठाएपछि प्रतिनिधिसभको कार्यकाल समाप्त हुनेछ । प्रतिनिधिसभाको कार्यकाल अन्त्य हुँदा नागरिकता लागयत दर्जनौ विधेयकहरु अलपत्र पर्ने भएका छन् । संसद्को कार्यकाल कहिले अन्त्य गर्ने भन्ने अनिश्चित भइरहेका बेला मन्त्रिपरिषद्को आज शुक्रबार बिहान बसेको बैठकले संघीय संसद्को ११ औं अधिवेशन अन्त्यको सिफारिस गर्ने निणएय गरेको एक मन्त्रीले नेपालबहसलाई जानकार दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
स्वस्थानी व्रतकथा आजदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी डलर स्थिर, अन्य कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
पुष २९, २०८१ सोमबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार