बससेवाले सुरू गर्यो दशैंका लागि अनलाइन टिकट बुकिङ, मोबाईलबाटै सबै गन्तब्यको लिन सकिने
नेपालबहस संवाददाता
भदौ ३१, २०७९ शुक्रबार १९:५३:५७
३१ भदौ, काठमाडौं । नेपालमा अनलाइन मार्फत बस टिकट सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैंका लागि अग्रिम टिकट बुकिङ सुरू गरेको छ । यात्रुहरूले नेपालका कुनै पनि गन्तव्यका टिकट आफ्नो मोबाईल मार्फत सहजै काट्न सकिने छ ।
बुकिङ खुला भएसँगै यात्रुहरूले सहजै अनलाइनबाट दशैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । साथै दशैंमा गएका यात्रुहरूले पर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन् । यात्रुहरूले असोज १ गतेदेखि मोबाईलदेखि नै आफ्नो गन्तब्यको टिकट काट्न सक्नेछन् ।
अनलाइन टिकट सुविधाबारे बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले भने ‘हामीले बिगत देखि नै यात्रुहरुलाई सहजहोस् भनेर अनलाइनबाट टिकट काट्ने व्यवस्था मिलाउँदै आएका थियौँ, यस पटक हाम्रो सिस्टममा पर्याप्त टिकटको व्यवस्था भएकाले घरबाटै टिकट बुकिङ गरि सहज रुपमा यात्रा गर्नु हुन अनुरोध गर्दछौँँ ’ ।
अनलाइनबाट टिकट काट्न इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सकिने छ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवाजोन तथा पोन्इन्टबाट टिकट काट्न सक्नेछन् ।
मुलुकभर रहेका इसेवाका १ लाख ५० हजार भन्दा बढि एजेन्ट नेटवर्कबाट समेत टिकाट काट्न सकिने छ । साथै खल्ती, आइएमईपेका एजेन्ट नेटवर्कंका साथै हरेक बैंकका मोबाईल र्बैकिङ मार्फत समेत टिकट काट्न सकिने छ । बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार