तराईमा बाढीको खतरा , लगातार २ दिनदेखिको वर्षाका कारण जनजीवन प्रभावित
नेपालबहस संवाददाता
भदौ ३१, २०७९ शुक्रबार २२:४७:३२
♦दीपक शर्मा
३१ भदौ , बाँक । ४८ घन्टादेखि निरन्तर परिरहेको बर्षाका कारण बाँके बर्दियाको जनजीवन प्रभावित बनेको छ । लगातारको वर्षाका कारण खेतमा रहेको धानवालीलाई सहज भएपनि मकै, तरकारी लगायतका वालीलाई भने असर परेको छ ।
गएको बुधावारदेखि परिरहेको वर्षाका कारण नदी तथा खोलाहरुमा पानीको सतह बढिरहेको छ । बाँकेको राप्ती नदी ,डुडुवा खोला र मानखोलामा आजसम्म पानीको सतह सामान्य रहेको जिल्ला प्रशासन कार्यालय बाँकेका जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।
उनका अनुसार पानी बाँके तथा पहाडका जिल्लाहरु सुर्खेत, सल्यान ,दांग लगायतका जिल्लामा पनि परिरहेका कारण नदी तथा खोलाहरुमा पानीको सतह बढदै जाने बताए । यहि अवस्था केही घन्टा रहिरहने अवस्था आयो भने नदी तथा खोलामा पानीको सहत बढने हुँदा डुवान हुन सक्ने बताए ।
बर्दियामा पनि अविरल परेको वर्षाका कारण ववई तथा कर्णाली नदी र अन्य खोलाहरुमा पानीको सतह बढेको छ । पहाडमा पानी परिरहेका कारण नदीमा पानीको सतह पनि बढदै जाने भएको हुनाले अहिलेसम्म नदीमा पानीको सतह सामान्य देखिएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र बर्दियाका सूचना व्यवस्थापन अधिकृत विश्राम अधिकारीले बताए ।
नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न भएको हुँदा सर्तकता अपनाउन आग्रह गरिएको छ । बर्षाका कारण दैनिक जनजीवन, यातायात क्षेत्र समेत प्रभावित बनेको छ । नदी तथा खोलामा पानीको सतह बढदै गएका बाँके र बर्दियाका अधिकांश भु भाग डुवानमा पर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
स्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार