पहिरो प्रभावितहरुको तत्काल हेलिकोप्टरमार्फत उद्धार गर्न मातहतका निकायलाई गृहमन्त्रीको निर्देशन
नेपालबहस संवाददाता
असोज १, २०७९ शनिबार १७:३५:२१
१ असोज, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अछामका पहिरो प्रभावितहरुको उद्धारका लागि सबै नीति तत्काल अवलम्बन गर्न निर्देशन दिएका छन् । बर्षाका कारण उद्धारमा कठिनाई भइरहेका बेला गृहमन्त्री खाँणले तत्काल आवश्यक हेलिकोप्टरको व्यवस्था गरी उद्धारमा खटिन निर्देशन दिएका हुन् ।
गृहमन्त्रालयका अनुसार गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
खाँणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिएपछि यस्तो निर्देशन दिएका हुन् । उनले प्रजिअ मरासिनी र नायब उपरीक्षक डाँगीलाई सरकारको प्रमुख दायित्व नागरिकको जीउ धनको रक्षा गर्न भएको भन्दै बाढी र पहिरोमा परि घाइते भएको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्था गर्न कुनै कसुर बाँकी नराख्न भनेका छन् ।
गृहमन्त्रालयमा भएको रिपोर्टिङ अनुसार अछामको कमलबजार नगरपालिका, ढकारी र तुर्माखाँद गाउँपालिकामा गरि अहिलेसम्म नौ जनाको मृत्यु भएको र २० जना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी मरासिनीका अनुसार कमलबजार नगरपालिका वडा नं ६ को ठाँटीघाटमा पहिरोमा परि ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेका छन् । कमलबजारकै वडा नं ८ मा घर पुरिदाँ एकै परिवारका ५ जनाको मृत्यु भएको जानकारी आएको उनले बताए ।
त्यस्तै ढकारी गाँउपालिकामा १ घर पुरिएर तीन घाइते भएको र एक जना पुरिएको जानकारीपछि खोजी कार्य जारी रहेको उनको भनाइ छ । तुर्माखाद गाँउपालिकामा पनि ९ जना बेपत्ता भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको प्रजिअ मरासिनीले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो
पुष २३, २०८१ मंगलबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
स्वस्थानी व्रतकथा आजदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी डलर स्थिर, अन्य कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
पुष २९, २०८१ सोमबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार