सीट बाँडफाँड र उम्मेदवार चयनबारे रणनीति बनाउन कोइराला समूह जुटयो छलफलमा
नेपालबहस संवाददाता
असोज १, २०७९ शनिबार १८:३३:५८
१ असोज, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची पेश गर्न दिएको समय घर्किदै गएपछि नेपाली कांग्रेसको कोइराला समूह उम्मेदवार चयनका लागि छलफलमा जुटेको छ । छलफल ठमेलस्थित होटल मर्स्याङदीमा चलिरहेको बताइएको छ ।
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति तय गर्न छलफल सुरु भएको हो । बैठकमा सहभागी एक सदस्यका अनुसार गठबन्धनबाट सम्मानजनक सीट लिनुपर्ने र आफ्नो समूहका नेताले जित्नसक्ने क्षेत्र अन्य पार्टीलाई दिन नहुने विषयमा छलफल भइरहेको छ ।
शनिबारको छलफलमा संस्थापनइतर पक्षका वरिष्ठ नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे, अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडू, बलबहादुर केसी, सहमहामन्त्री जीवन परिवार, गुरूराज घिमिरेलगायतका नेताहरु सहभागी रहेका छन् । महामन्त्री गगनकुमार थापा भने बिरामी भएका कारण उपस्थित भएका छैनन् ।
गठबन्धनमा सीट बाँडफाँड हुँदा सभापति देउवाले कोइराला समूहले जित्ने ठाउँका सीट अरु दललाई दिनसक्ने भन्दै यसमा दवाव दिनुपर्ने नेताहरुले धारणा राखेका छन् । गठबन्धनका नाममा कांग्रेसले जित्ने क्षेत्र अरुदललाई दिने षडयन्त्र भइरहेको भन्दै छलफलमा सहभागीहरुले आफ्नो समूहलाई अपमान गरिएमा रुखमाबाहेक अन्य चिह्नमा भोट नदिनेसम्मको अडान राख्नुपर्ने बताएका छन् । आफ्नो अडान कडा रूपमा राख्न नेता शेखर कोइरालालाई सहभागी सदस्यहरूले सुझाव दिएका छन् ।
कोइराला पक्षका पदाधिकारी, केन्द्रीय सदस्य, सोही समूहबाट पदाधिकारीमा पराजित, शेखर पक्षका प्रदेश सभापति पनि बैठकमा उपस्थित रहेको बताइएको छ । बैठकमा सहभागी एक नेताका अनुसार संस्थापन पक्षबाट कम्तिमा पनि ४० प्रतिशत भाग लिनुपर्ने माग उपस्थित सबैको रहेको छ । सभापति देउवाले उम्मेदवार चयनका लागि सात जनाको ‘कोर टीम’बनाएको समाचार बाहिरिएपछि कोइराला समूह पनि तातेको हो ।
कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति लड्दा कोइराला समूहलले ४० प्रतिशत मत ल्याएको र आगामी निर्वाचनमा पनि सोही अनुसार पाउनुपर्ने माग देउवासँग राख्दै आएको छ । छलफलमा नेताहरुले जसरी पनि ४० प्रतिशत देउवासँग दबाएर लिनुपर्ने बताएका छन् । यसका लागि उक्त समूहको नेतृत्व कोइरालाले गरेकाले सभापति देउवालाई दवावमा राखेर अगाडी बढ्न उनीहरुले आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार