अछामको पहिरोमा परी १७ जनाको मृत्यु, ६ जना अझै बेपत्ता
नेपालबहस संवाददाता
असोज १, २०७९ शनिबार १९:४०:२८
१ असोज अछाम । अविरल वर्षसँगै अछामका विभिन्न ४ ठाउँमा पहिरो जाँदा १७ जनाको मृत्यु भएको छ । अहिलेसम्म ६ जना बेपत्ता रहेको स्थानीय प्रशासनले जनाएको छ । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार तुर्माखाद गाउँपालिका वडा नम्बर– ५ नाडामा ४ जनाको शव फेला परेको छ भने ५ जना अझै बेपत्ता रहेका छन् ।
त्यस्तै ढकारी गाउँपालिका वडा नम्बर–६ ढुंगाचाल्नामा १ जनाको शव फेला परेको छ । १ जना अझै बेपत्ता रहेको र ५ जना घाइते भएको उनले बताए । कमलबजार नगरपालिका वडा नम्बर ८ डुंगालामा ५ को शव फेला परेको र १ जना घाइते भएको उनले भनाइ छ ।
कमलबजार नगरपालिकाकै वडा नम्बर ६ हातीबाँझमा मा ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते रहेको रिजालले बताए । तीन दिनदेखिको निरन्तर वर्षाका कारण अछाममा बिजुली, सडक अवरुद्ध भएको छ भने जनजीवन अस्तव्यस्त रहेको छ । घाइतेको थप उपचारका लागि हेलिकप्टरमार्फत उद्वार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो
पुष २३, २०८१ मंगलबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार